‘मासु खानकाे लागि दशैं कुर्नुपर्दैन’
दशैं कस्तो हुँदै छ ?
दशैं ठिकै छ । बच्चा बेला दशैं आयो भने नयाँ लुगा किन्ने, ठुलो खसी काट्ने भनेपछि अर्के खालको चार्म हुन्थयो तर ठुलो भएपछि त्यो चार्म हराउँदै जाने रहेछ ।
दशैं के हो खास ?
दशैं नेपालीहरुको महना चाड हो जुन वर्षमा एकपटक आउँछ । दशैं परिवार सँगको जमघट गर्ने, मिठो खानेकुरा खाने र नयाँ नयाँ पहिरन लगाउने चाड हो । मलाई दशैंको मुख्य कुरा भनेको मान्यजनहरुबाट टिका थापेर उहाँहरुको आर्शिवाद दिनु नै हो जस्तो लाग्छ ।
दशैंमा पशु बलि दिनुलाई कसरी लिनुभएको छ ?
यो परापुर्वकालदेखि चल्दै आएको कुरा हो। यसलाई बदल्न सकिन्न । दशैंको सन्दर्भमा पशुलाई दैँत्य महिषासुरका प्रतीक मानेर बलि दिइँदै आएको मान्यता प्रचलनमा छ। पशु बलि भनेको दशैंको एउटा उत्सव जस्तै हो भन्दा खासै फरक पर्छ जस्तो मलाई लाग्दैन ।
तपाई मासंहारी कि शाकाहारी ?
म मासंहारी हो । मासु खानको लागि दशैं नै कुर्नुपर्छ भन्ने लाग्दैन ।
दशैं बिदेशमा रमाइलो कि स्वदेशमा ?
दशैंमा आफनो परिवार जहाँ छ त्यहि रमाइलो हो । तर जे जस्तो भएपनि आफनो देशमा जस्तो रमाइलो त अरु कहाँ हुन्छ र ।
दशैंमा नेपालको के कुरा धेरै सम्झनुहुन्छ ?
दशैमा पिंङ खेलेको, चंगा उडाएको, साथीभाईसँग गुच्चा खेलेको र पहाड मामाघर गएको धेरे सम्झन्छु ।





प्रतिकृया दिनुहोस