• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
बिश्व

शिरछेदन गरेर हत्या गरिएका शिक्षकको समर्थनमा फ्रान्सभरी जुलुस

प्लेकार्डमा उनीहरूले गणतन्त्रको शिर छेद गर्न सक्ने छैनन् भनेर लेखिएको छ ।

काठमाडौं । एकजना इस्लामिक अतिवादीबाट मारिएका शिक्षक स्यामुअल पटीको समर्थनमा फ्रान्सभरि हजारौँ मानिसहरू जुलुसहरूमा सहभागी भएका छन्।

 

आफ्ना विद्यार्थीहरूलाई पैगम्बर मोहमदको कार्टुन देखाएको भन्दै शुक्रवार एकजना चेचेन युवाले पटीको शिरछेद गरेर हत्या गरेका थिए। प्यारिसमा मानिसहरूले फ्रेन्स भाषामा 'म शिक्षक हुँ' लेखिएका प्लेकार्ड बोकेका थिए। प्रधानमन्त्री जँ क्यास्टेस्कसँग उनीहरूले 'हामी फ्रान्स हौँ' भनेर चिच्याए।

 

प्यारिस नजिक रहेको स्कूल छेउमा स्यामुअल पटीको हत्या गरिएको थियो। त्यसलगत्तै अब्दुल्लख ए नाम गरेका ती व्यक्तिको प्रहरीको गोली प्रहारबाट मृत्यु भएको थियो।

 

उक्त घटनाको अनुसन्धानका क्रममा अहिलेसम्म ११औँ व्यक्ति पक्राउ परे पनि त्यसबारे कुनै जानकारी दिइएको छैन। घटनालगत्तै पक्राउ पर्नेमा ती सन्दिग्ध व्यक्तिका चारजना नजिकका आफन्तसमेत छन्।

 

शनिवार थप पक्राउ गरिएकामा एकजना विद्यार्थीका पिता र फ्रेन्च मिडियाले अतिवादी इस्लामवादी भनेर चिनाएका एकजना धर्म प्रचारक समेत छन्। 


प्रतिआतङ्कवाद अभियोजनर्ताहरूका अनुसार सन्दिग्ध ती हमलाकारी घटनास्थलबाट झण्डै १०० किलोमिटरमा बस्थे। शुक्रवार मध्याह्न उनी पटीले पढाउने स्कूल पुगेर विद्यार्थीहरूलाई ती शिक्षक चिनाउन आग्रह गरे।

 

राष्ट्रपति एमान्यूअल माँक्रोले 'अभिव्यक्ति स्वतन्त्रता पढाएकै कारण ती शिक्षक मारिएको' बताए मस्कोमा जन्मिएका चेचेन मूलका १८ वर्षीय अब्दुल्लख ए को ती शिक्षक र विद्यालयसँग कुनै सम्बन्ध थाहा भएको छैन।

 

उनले ती शिक्षक पटी घर जाने बेलामा पछ्याएका थिए। उनले छुरीले पटीको टाउकोमा प्रहार गरी उनको शिरछेद गरेका थिए।बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार