• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
राजनीति

वामदेवको मुद्दा ‘हेर्दाहेर्दै’मा,अर्को पेशी शुक्रबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी, नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा गरिएको नियुक्तिविरूद्ध परेको रिटमाथिको सुनुवाइ शुक्रबारलाई सरेको छ।

 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । निवेदकका तर्फबाट त्रिपाठी, वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की र हरि उप्रतीले बहस गरेका थिए । 

 

संवैधानिक इजलासमा यो रिटमाथि आजदेखि दुवै पक्षको बहस चलिरहेको छ । आज बहस हुँदाहुँदै समय सकिएपछि शुक्रबारलाई सरेको सहायक प्रवक्ता देवेन्द्र ढकालले बताए।

 

‘आज बहस नसकिएपछि उक्त रिटको सुनुवाइ हेर्दाहेर्दैमा गएको छ,’उनले भने, ‘शुक्रबारलाई सरेको छ।’ प्रधानन्यायाधीशको अध्यक्षता रहने संवैधानिक इजलास बुधबार र शुक्रबार गरी हप्ताको दुई दिन बस्छ।

 

असोज ७ गते आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमको मुद्दामा गम्भीर संवैधानिक प्रश्‍न रहेको भन्दै संवैधानिक इजलासमा पठाउने  र निवेदकले गौतमको नियुक्ति बदर माग गरेकामा किन अन्तरिम आदेश जारी नहुनुपर्ने भन्दै जवाफ पेस गर्न आदेश गरेको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार