• आइतबार १-१६-२०८१/Sunday 04-28-2024
देश/प्रदेश

सत्याग्रहको आज १७ औं दिन : डा. केसीका माग सम्बोधन नगरे कठोर कदम चाल्ने चिकित्सक संघको चेतावनी

काठमाडौं । नेपाल चिकित्सक संघले डा. गोविन्द केसीका माग सम्बोधन नगरे कडा कदम चाल्ने  चेतावनी दिएको छ । महासचिव डा. बद्री रिजालले विज्ञप्ति जारी गर्दै आफूहरुको ध्यानाकर्षण भएको जनाएका छन् ।

 

नेपाल चिकित्सक संघका आजीवन सदस्य प्रा. डा. गोविन्द केसीको १९ औं पटकको सत्याग्रहको आज १७ औं दिन भइसक्दा पनि नेपाल सरकारले वार्ता टोली गठन गरी डा. केसीको जीवन रक्षाका लागि कुनै पहल नगरेकोप्रति नेपाल चिकित्सक संघको गम्भिर ध्यानाकर्षण भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

 


नागरिकहरुको गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा सहज पहुँचका लागि भनी गरिएको १९ औं शान्तिपूर्ण सत्याग्रहको भावना र मर्मलाई सम्मान गर्दै अबिलम्ब वार्ताटोली गठन गरेर डा. केसीको जीवन रक्षा गर्नुपर्ने नेपाल चिकित्सक संघको माग छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार