• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
बिश्व

भारतीय उप-राष्ट्रपति नायडूलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । भारतीय उप-राष्ट्रपति वेंकैया नायडूलाई कोरोना संक्रमण पुष्टि भएको छ । उप-राष्ट्रपतिको सचिवालयले मंगलबार नायडूलाई संक्रमण भएको जानकारी दिएको हो।

 

‘उप-राष्ट्रपतिको आज नियमित कोभिड-१९ को परीक्षण गरियो जसमा उहाँमा पोजेटिभ देखियो ’, सचिवालयले ट्विट गरेको छ।

 

‘उहाँलाई घरमा नै क्वारेन्टिनमा बस्ने सल्लाह दिइएको छ। उहाँकी पत्नी ऊषा नायडूको परीक्षण नेगेटिभ आएको छ र उहाँ सेल्फ आइसोलेसन रहेको’, ट्विटमा जनाइएको छ। एजेन्सी
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार