• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
खेलकुद

राजस्थानको विजयी सुरुवात, चेन्नई १६ रनले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । 

 

मंगलबार भएको खेलमा राजस्थानले चेन्नई सुपर किङ्सलाई १६ रनले पराजित गरेको हो । सारजाह क्रिकेट मैदानमा राजस्थानले दिएको २१७ रनको बलियो लक्ष्य पछएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै मात्र २०० रन बनायो । 

 

चेन्नईका फाप डु प्लेसिसीले ७२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै शेन वाटसनले ३३ तथा केदार जादबले २२ रन बनाए । मुराली विजय २१ रनमा आउट हुँदा साम करनले १७ रन जोडे । कप्तान महेन्द्र सिंह धोनी २० रनमा अविजित रहे ।

 

बलिङतर्फ राजस्थानका लागि राहुल तेवातियाले सर्वाधिक तीन विकेट लिए । तयस्तै टोन करन, जोफ्रा आर्चर र स्रेयस गोपालले एक–एक विकेट लिए । 

 

यसअघि शारजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १६ रन बनायो । राजस्थानका लागि सञ्जु श्यामसन र स्टिभ स्मिथले अर्धशतकिय पारी खेले । ३२ बल खेलेका उनले १ चौका र ६ छक्काको सहयोगमा ७६ रन बनाए । ४७ बल खेलेका स्मितले ४ चौका र ४ छक्काको सहयोगमा ६९ रन बनाउन सफल भए । 

 

राजस्थानका लागि जोर्फा आर्चरले २७ रन बनाउँदा राहुल तेवतियाले १० रन बनाए । बलिङतर्फ चेन्नईका लागि श्याम करनले तीन विकेट लिए । त्यस्तै दीपक चहाल, लुङ्गी एन्गिडी र पिउस चाहोलाले एक–एक विकेट लिए । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार