लोक दोहोरी गीत 'सानु' मा नायक आकाश र नायिका एलिजाको अभिनय
काठमाडौं । नायक आकाश श्रेष्ठ र नायिका एलिजा गौतम अभिनय रहेको लोक दोहोरी गीत “सानु” सार्वजनिक भएको छ ।
डि.ए.आर मुभिजले बजारमा ल्याएको गीतमा प्रताप दास, समिक्षा अधिकारी र आयुशा गौतमको आवाज रहेको छ । कमल सरगम, लय घमेश दुलालको शब्द रहेको गीतमा एरेन्ज कमल सौराग, रेकर्डिष्ट बिमल एरिस छिनालको छ ।
प्रभावन जे को निर्देशन रहेको म्युजिक भिडियोमा नायिका एलिजा गौतम,नायक आकाश श्रेष्ठको साथमा गुराँस ढकाल र बाल कलाकार समाइरा थापाको अभिनय रहेको छ। गीतको छायांकन ज्ञानेन्द्र शर्मा हुंमागाई, कोरियोग्राफ सन्तोष राजबाहक,सहायक निर्देशन राजाराम गौतमले गरेका छन् ।
नायक आकाश र नायिका एलिजाले संगै काम गरेको यो पहिलो गीत हो भने आधुनिक गायकका रुपमा स्थापित प्रताप दासको पनि पहिलो लोक दोहोरी हो ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस