• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
खेलकुद

आईपीएल : टस जितेर फिल्डिङ गर्दै हैदराबाद

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा अहिले सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गर्दैछन् । 

 

दुबइ अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हैदरावादले टस जितेर पहिलो बलिङ गर्ने भएको छ । हैदराबाद डेभिड वार्नरको कप्तानीमा तथा बैंगलोर विराट कोहलीको कप्तानीमा मैदान उत्रेका छन् । 

 

विराट कोहली कप्तान रहेको बेंगलोरले चार विदेशी खेलाडीको कोटामा एबी डिभिलियर्स, युवा ब्याट्सम्यान तथा विकेटकिपर जोश फिलिपे, आरोन फिन्च र डेल स्टेनलाई मैदान उतारेको छ । भारतीय घरेलु क्रिकेटमा उत्कृष्ट प्रर्दशन गर्दै आएका युवा ब्याट्सम्यान देवदत्त पाडिक्कललाई पनि मैदान उतारेको छ ।

 

यता वार्नरको कप्तानीमा मैदान उत्रने हैदराबादसँग राशिद खान, भुवनेश्वर कुमार, जोनी बेयर्सटो, मनिस पाण्डे, विजय शंकर, मोहमद नाबी जस्ता खेलाडी रहेका छन् । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार