कांग्रेस महामन्त्री डा.शशांक कोइराला अस्पताल भर्ना
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला अस्पताल भर्ना भएका छन् ।
कोरोना संक्रमण भएपछि होम आइसोलेसनमै रहेका कोइरालामा ज्वरो बढेपछि आज बिहान ६ बजे ओम अस्पताल लगिएको हो। अहिले ज्वरो हटेको र आइसीयुमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।
महामन्त्री कोइरालालाई भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस