• बुधबार ४-२१-२०७७/Wednesday 08-05-2020
विचार

ज्येष्ठ नागरिक र संयुक्त राष्ट्रसंघको जारी नीति

कोभिड-१९ महामारीको बढि असर ज्येष्ठ नागरिकहरुलाइ परेको छ । आम्दानीको स्रोत नहुने र सन्तान नहुनेहरुको जिवनयापन कठिन हुन पुगेको छ । सामाजिक दुरी बढ्दै गएको र सञ्चारका प्रविधिमा पहुँच नहुँदा एक्लिदै गएका छन् । उनीहरुमा मानसिक समस्या देखापर्न थालेको छ । पहिला नै लागेका निकोन हुने रोग र त्यसको उपचारले कमजोर बनाएको शरिर माथि थप रोगको कारणले पनि संंक्रमितहरुमा ज्येष्ठ नागरिको मृत्युदर उच्च हुन गएको छ । लकडाउन अबधिमा बढ्दैं गएको घरेलु हिंसासंगै ज्येष्ठ नागरिक माथि हुने हिंसामा पनि वृद्धि भएको देखिन्छ । आज भन्दा तिन वर्ष अघि गरिएको एक अध्ययनले ६ जना ज्येष्ठ नागरिकमा एक जना हिंसामा परेको देखाएको छ । ज्येष्ठ नागरिकहरु कोभिड-१९ को उच्च जोखिममा परेका छन् ।


यस विषम परीस्थितिमा पनि ज्येष्ठ नागरिकका क्षेत्रमा काम गर्दै आएका संघ संस्थाहरुले क्रियाकलाप जारीराख्दै आप्mनो दायित्व पुरा गर्दै आईरहेका छन् भने यस क्षेत्रमा भए गरेका गतिविधिलाइ पनि नियाल्दै आइरहेका छन् । यसविच विभिन्न देसमा ज्येष्ठ नागरिकलाइ उपचारमा विभेद गरिएको, प्राथमिकता नदिएको, परीक्षण नगरिएको, ठूलो संख्यामा केयर होममा रहेका ज्येष्ठ नागरिकहरुकोे मृत्यु भएको समाचारले उनीहरुलाई साह्रै दुखित बनाएको छ । 

 

ज्येष्ठ नागरिकलाइ भाइरसको संक्रमणबाट सुरक्षित राख्न र लकडाउनका अवधिमा पर्ने उहाँहरुको उमेरगत समस्यालाई ध्यान दिन संघ संस्थाले गरेको आग्रलाइ प्रभावित मुलुकका सरकारहरुले ध्यान दिएको देखिएन । आप्mना देशका हरेक नागरिकको रक्षा गर्नु पर्ने प्रमुख दायित्व रहेको राज्यबाटनै ज्येष्ठ नागरिकका समस्यालाइ चासो नदिने, वेवास्था गर्ने काम हुनगएको देखियो । लकडाउनको कारण संघसंस्थालाइ काम गर्ने बातावरण पनि भएन ।

 

परीस्थिति जटिल बन्दै गएपछी ज्येष्ठ नागरिक क्षेत्रमा आवद्ध अन्तर्राष्ट्रिय स्तरका गठबन्धन, संघ, महासंघ र सञ्जालहरु एकबद्धभई संयुक्त राष्ट्रसंघलाई घचघच्याउन पुगे । फलस्वरुप, संंयुक्त राष्ट्रसंंघका महासचि एनटोनियो गोटरेसले गएको मे एक तारिख अर्थात बैशाख १९ गते युएन पोलिसी ब्रिफ जारी गर्नुभयो । कोभिड-१९ ले ज्येष्ठ नागरिकलाई पारेको प्रभावका सम्बन्धमा जारी यु एन पोलिसी ब्रिफमा ज्येष्ठ नागरिकका सवैपक्षलाइ समेटिएको छ । ज्येष्ठ नागरिक र यस क्षेत्रमा कामगर्ने सवैलाइ महासचिव एन्टोेनियोले खुसी तुल्याइ दिनुभएको छ ।  

 

जारी नीतिमा आवश्यक स्वास्थ्य सेवा, अधिकार, लामोसमय चाहिने हेरचाह सेवामा परेको प्रभावका विषयमा सीफारीस गरिएको छ । आपतकालीन अवस्था, हिंसा तथा दुव्र्यवहार र सामाजिक दुरीका कारण एक्लिदा ज्येष्ठ नागरिकलाई के कस्तो ? असर पारेको छ र त्यसको निराकरणको लागि चाल्नु पर्ने कदम सुझाइएको छ । 

 

उमेरको कारणले गरिने विभेद, प्रविधिको प्रयोग गर्न नपाउँदा वा नसक्दा र मानसिक स्वास्थ्य तथा जिवनयापनमा परेका प्रभावलाई कसरी समाधान गर्न सकिन्छ भन्ने कुरा जारी नीतिमा समाधानका उपाय उल्लेख गरिएको छ । 

 

सामाजिक,आर्थिक र मानविय सहयोगमा विशेसगरी ज्येष्ठ नागरिकलाई ध्यान दिन सीफारिस गरिएको छ । रोजगारी र सामाजिक सुरक्षा, स्वास्थ्यमा पहुँच, हेरचाह र कानुनी सुरक्षामा ज्येष्ठ नागरिकको समस्या प्रष्ट्याइएको छ । 

 

महामारी जस्तो ठूलो समस्या समाधानमा ज्येष्ठ नागरिकको सहभागिता बढाइ उनीहरुसँग रहेको ज्ञान, अनुभव र तथ्याङ्क उपयोमा ल्याउन सकिनेकुरा युए न पोलिसीमा उल्लेख गरिएको छ ।

 

जारी नीतिमा कोभिड-१९ ले ज्येष्ठ नागरिकलाइ पारेको असर र त्यसका समाधानका उपायहरु पनि सुझाइएको छ । विभीन्न देशमा ज्येष्ठ नागरिकले भोगेका समस्याहरुको दृष्टान्तदिइ प्रष्ट पारिएको छ । उक्त नीतिमा महासचिका मार्मीक सन्देशहरु पनि रहेका छन् । कोभिड-१९ ले ज्येष्ठ नागरिकलाई पारेको प्रभाव, उनिहरको अधिकार र मानवअधिकारको दायरामा केन्द्रित उक्त नीतिमा महिला ज्येष्ठ नागरिकहरुका विषयलाई पनि महत्वका साथ लिईएको छ ।

 

महामारीले हाम्रो समुदाय र समाजमा पारेको प्रभावका सम्बन्धमा व्यक्तिगतरुपमा पनि चिन्तित रहेको महासचिवले बताउनुभएको छ । महासचिवले जारी गर्नुभएको नीतिलाई कानुनी दायरामा ल्याउने र लागु गर्ने राष्ट्रसंघसंग आवद्ध राष्ट्रहरुको कर्तव्य हुन आउँछ । राष्ट्रसंघले विशेष परिस्थितिमा मात्र ल्याउने पोलिसी ब्रिफ ज्येष्ठ नागरिकका विषयमा ल्याउनु महत्वपूर्ण कदम हो । यसले विश्वका सम्पुर्ण ज्येष्ठ नागरिकलाई अधिकार सहित सुरक्षित बनाएको छ । 

 

कोभिड १९ को विश्वव्यापी समस्या, यो अहिेलेको मात्र नभइ यसले पारेको असर कयौँ वर्षसम्म देखिन सक्दछ । महामारी जस्ता समस्याबाट सिर्जित समस्याका खाडल पूर्न कयौँ वर्ष लाग्न सक्दछ । अभाव, बेरोजगार, गरिवि जस्ता समस्या अवका दिनमा आउन सक्ने सम्भावना हुन्छ । त्यस्ता समस्यामा जुध्न पर्ने अवस्थामा ज्येष्ठ नागरिकको स्थिति सवैभन्दा नाजुक हुन पुग्दछ । अवका दिनमा सामना गर्नु पर्ने परिस्थितिको पनि आंंकलन गरेर ज्येष्ठ नागरिकको अधिकार कायम गर्नु हामी सवैको कर्तव्य हुन आउँछ ।

 

सवै उमेर समुहविच ज्येष्ठ नागरिकहरुको अन्तर सम्बन्ध धेरै रहेको हुन्छ । कोभिड-१९ को महामारीले पारेका खाडल पुर्न उनीहरुको भूमिका महत्वपुर्ण हुन सक्दछ । उनीहरुको ज्ञान,सिप र अनुभव यतिबेला निक्कै उपयोगी हुन सक्दछ । यसर्थ सन् २०३० सम्मको दिगो विकासका लक्ष हासील गर्ने कुरामा हामीले उहाँहरुलाई संगै लैजान छुटाउन हुँदैन । कोभिड-१९ ले ज्येष्ठ नागरिकलाई पारेको असरको समाधान गर्ने अर्को विकल्प दिगो विकास लक्षमा उहाँहरलाई समावेश गर्नुपनि हो । 

 

राज्यको साझेदार संथाको रुपमा रहेका गैरसरकारी संघ संस्थाहरुलाइ उनीहरुको विषयगत क्षेत्रमा काम गर्न राज्यले मार्ग प्रसस्त गरिदिनु आवश्यक छ । संंयुक्त राष्ट्रसंघले ज्येष्ठ नागरिकका लागि ल्याएको नीति र गरेका सिफारिसहरुलाई कानुनी दायरामा ल्याई पालना गर्न गराउन ढिला गर्नु हुँदैन । 

प्रतिक्रियाको लागिःpgautama2@gmail.com

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार