• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
बिश्व

मारिए विकास दुबे (गुन्डा नाइके)

काठमाडौं । भारतमा गत साता आठ सुरक्षाकर्मी मारिएको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका गुन्डा नाइके विकास दुबे मुठभेडमा मारिएको उत्तर प्रदेश प्रहरीले बताएको छ।

 

प्रहरीका अनुसार प्रदेशको स्पेशल टास्क फोर्सले उज्जैनबाट सडक मार्गबाट दुबेलाई कानपुरतर्फ लग्दै गर्दा एउटा गाडी पल्टिएको थियो। त्यसपछि दुबेले भाग्ने प्रयास गरेको र गोली चलाउनु पर्ने अवस्था आउँदा उनको मृत्यु भएको प्रहरीको दाबी छ।

 

प्रहरी अधिकारी मोहित अग्रवालले दुबेको मृत्युको पुष्टि गरे। प्रहरी विवरणहरूका अनुसार दुबे झन्डै तीन दशकदेखि आपराधिक गतिविधिमा संलग्न छन्। उनी यसअघि पनि केही पटक पक्राउ परेका थिए। तर उनले कुनै पनि अभियोगमा सजाय पाएका थिएनन्।

 

कानपुरस्थित पत्रकार प्रवीण मेहताले बीबीसी हिन्दीलाई भने,'सबै राजनीतिक दलमा विकास दुबेको प्रभाव छ। यही कारण उनी पक्राउ परे पनि केही दिनमा छुटिहाल्ने गरेका थिए।' 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार