• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
बिश्व

'म मृत्यु छोएर जीवित फर्कें'

(४९ बर्षीय एलिजावेथ बाच्नुलाई भाग्य ठान्छिन । कोभिड—१९ बाट गम्भिर बिरामी भएकी उनलाई अस्पताल भर्ना गरिएको थियो । यो उनको कथा हो जुन उनी अस्पतालका डाक्टर र कर्मचारीलाई धन्यवाद दिन आफनो कुरा सबैको अगाडी बाड्न चाहन्छिन ।)  

 

काठमाडौं । म भित्र देखिएको पहिलो लक्षण, शुक्रबारसम्म पहिले जस्तो रहेन । म सामान्य अवस्थामा भन्दा बढी थकाई लाग्ने र राती ओछ्यानमा पुग्दा अति गल्न थाले । मलाई शनिबार र आइतबार एकदम गाह्रो भयो । 

 

सोमबार, मेरो खुट्टामा दुखाई सुरु भयो र सहन नसक्ने गरी बढ्यो । मलाई लाग्यो नशामा केहि समस्या आयो होला । मैले सिटामोल लिएँ । तर यता चिकित्सकले भाइरस सिधै मेरो शरीरको मासुमा गएको बताए । मलाई खोकी लाग्यो तर त्यो कोरोनाको जस्तो लक्षण थिएन । त्यो एकहप्ता म बिस्तारामा नै बाधिएँ तर जब म दैनिक सामाग्रीहरु लिन बाहिर निस्के तब मलाई त्यसले आक्रमण गर्‍यो । म चिसो महसुस गर्दै एवं काप्दै घर फर्के । यो अवस्थामा सोफामा मैले चार बोतल तातो पानी र  दुई ब्ल्यांकेट लिएर बस्दा नी मलाई तातो महसुस भएन । 

 

त्यसपछि मलाई ज्वरो आउन थाल्यो । मलाई मेरो शरीर आगो बले जस्तो र टाउको फुट्ला जस्तो भयो । मैले केहि खान सकिन र मलाई वाकवाकी भयो । मेरो शरीर पुरै पसिनाले भरियो । मलाई सास फेर्न गाह्रो हुन थाल्यो । मलाई दमको समस्या छ र यसले म धेरै नै चिन्तित छु । तर पनि मलाई बिश्वास थियो कि म यो घरमा नै समाधान गर्नसक्छु । त्यसको केहि दिनमा म चेत अचेत अवस्थामा रहे । मलाई याद छ मेरो १५ बर्षको छोराले १११ मा फोन गरि गैर आपतकालीन सहयोग मागेको । त्यसपछि उपचारको टिम आएको र उनीहरुले भनेको कुरा पनि मलाई याद छ, ‘उनको अवस्था एकदम नाजुक छ, हामीले उसलाई ल्याउनै पर्नेहुन्छ ।’ उसले मेरो मुखमा अक्सिजन मास्क लगाइदियो र गाडी कुदायो । 

 

मेरो एक सन्तानले मेरी आमालाई बोलाएँ र उनले मेरो सन्तानको रेखदेखमा लागिन । उनको त्यो अवस्था सम्झिनु आर्को दुखत समय हो । तर उनी मेरो सामु आउन सकिनन् किनभने उनी मुटुको रोगी थिईन जसलाई रोग सर्ने सम्भावना धेरै थियो ।

 

वह्रीलचियरबाट मलाई एम्बुलेन्समा राखियो जहाँ मैले आँखा बन्द गरें र सबैकुरा सुन्न खोजें – हिडेका मान्छे, फोनको घण्टी, र अन्य हो—हल्ला । डाक्टरले भने, ‘मलाई तपाईको कोरोना जाच्न स्वाब लिनुछ ।’ उनले स्वाब स्टिक लिएर मेरो घाटीभित्र जाँचे । उनले भने, ‘अब मैले तपाईको नाक भित्र जाच्नुछ ।’ त्यसपछि मेरो रगत जाँच भयो र छातीको एक्सरे गरियो ।  

 

मेरो मुटुको धड्कन बढ्यो । मैले सोच्न थालें, ‘यो के भइरहेको छ ?’ मलाई याद छ त्यसपछि अर्को डाक्टर  आएर मलाई भने, ‘तपाईको एक्सरेको नतिजा आएको छ । तपाईलाई फोक्सोमा निमोनिया भएको छ र अक्सिजन दिईरहनुपर्छ ।’

 

यो अवस्थामा मेरो मुटु एकदम दुख्यो । उनीहरुले भने कि मलाई निमोनियाले आक्रमण गर्‍यो । त्यसपछि मेरो पेटमा एकदम नराम्रोसंग पिडा भयो र मैले चिच्याएँ, र भने म अब सहन सक्दिन ।  

 

मेरो नजिक चारवटा बेड थियो जहाँ चारजना कोभिड—१९ पोजेटिभ भएको मान्छे थिए जसको स्वास्थ्य समस्या लुकेको थियो । दुईअर्का महिलाहरु सुगरका रोगी थिए भने मेरो बेडको अगाडी रहेको तेस्रो महिला म पछि आएकी थिइन् । मैले १२ घण्टाको सिफ्टमा काम गर्ने नर्सहरु देखें । उनीहरु पुरै थकित देखिन्थे । 

 

त्यसपछि म अर्धचेत भएँ । मलाई कुराकानीको याद आउन थाल्यो । यो अबस्थामा मैले सोचें, ‘म बाचेंको छु कि छैन ? के म मृत्युको नजिक छु ? के यो अवस्था भनेको मानिसले भने जस्तो मृत्यु भन्दा अघिको समय यहि हो ?’ त्यसपछि मैले भने, ‘होइन. म मरेको छैन किनभने कतै सेतो बत्ती थिएन, परिहरु थिएनन् र कसैले मलाई बोलाएका थिएनन् ।’ 

 

ठिक त्यहि बेला बिहानै एक डाक्टरले ढोका बाहिर आएर भने, ‘उनी गईन ।’ मेरो अगाडी बस्ने महिलाको मृत्यु भएछ । मैले उनीहरु कतिबेला आउँछन भनेर कुरें । ती महिलाको लास धेरै समय राखी रहे । उनीहरुले सरसफाई गरे अनि सबैकुरा प्लास्टिकमा राखी प्याक गरिदिए । त्यसपछि उनलाई ब्यागमा राखियो र उठाउन भनियो, ‘तीन, दुई, एक...।’

 

मैले त्यो खाली बेड हेरीरहें । यो सोचले मलाई असर गर्‍यो । त्यसपछि उपचार गरिरहेको महिला कोमामा गईन र उनको छोरी आत्तिएर भनिन, ‘आमा, म आमा ।’ जुन एकदम दयालाग्दो थियो किनभने ती महिला मरिसकेकी थिइन । हाम्रो कोठामा भएका ५०५ मानिस मरे र ५०५ जिउँदै छन । मैले आफुलाई बुझाउने कोशिस गरें, ‘म अगाडी बढ्नुपर्छ । मलाई मर्नु छैन म मात्र ४९ भएँ । मलाई मर्नु छैन, मेरो लागि मात्र होइन तर मेरो बच्चा र मेरो परिवारको लागि बाच्नुछ ।’

 

म बाच्नुको कारण सायद एक डाक्टरको भनाईमा केन्द्रित थियो, ‘यदि डाक्टरले तपाई मेडिकल रुपमा ठिक भए घर जानुस । अस्पतालमा बस्ने गल्ती नगर्नुस किनभने तपाइँ कमजोर देखिनु हुन्छ ।’ त्यही दिन मेरो रगतमा अक्सिजनको मात्रा जाँच भयो । डाक्टरले भने, ‘हामी खुशी छौं तपाई घर जान सक्नुहुन्छ ।’

 

मलाइ एक महिला एम्बुलेन्स ड्राइभरले लिएर घर तिर लगिन । उनी मलाई परि जस्तो लाग्यो – उनी १८ घन्टा काम गरिरहेकी थिइन् । मानिसहरु यसरी काम गरिरको छन् । नर्स र डाक्टरमात्र होइन प्रशासनमा काम गर्ने एडमिन, सरसफाई गर्ने मानिस, लास बोक्ने मानिस र एम्बुलेन्स ड्राइभरलाई पनि हामीले सम्झिनुपर्छ ।  

 

मैले मृत्यु छोएँ र म भाग्यमानी थिएँ कि म जीवित फर्कें । अब म आउँदो दिनमा प्रकृतिको प्रशंसा गर्नेछु । मैले बुझें कि भौतिक कुरा लामो समय रहने छैन । म बाहिर निस्केर सास फेर्ने,चरा हेर्ने र विश्वको प्राकृतिक सुन्दरता नियाल्ने छु । यो मेरो लागी दोस्रो मौका हो । 

 

लेखक  : रफी बर्ग

 

अनुबाद : नारायण न्यौपाने


 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार