• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
राजनीति

ओली-प्रचण्ड वार्ता बिना निष्कर्ष सकियो

काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीचको वार्ता बिना निष्कर्ष सकिएको छ। बालुवाटारमा भएको करिब ३ घण्टा लामो छलफल भोलि पुनः बस्नेगरी सकिएको हो।

 

वार्तामामा दुई अध्यक्षका अतिरिक्त महासचिव विष्णु पौडेल र जनार्दन शर्मा पनि सहभागी थिए । उनीहरू दुवैजना जेठ २ गते ९पार्टी एकताको अघिल्लो दिन० को गोप्य सहमतिका साक्षी पनि हुन् ।

 

उनीहरूले जेठ दुई गते कै सहमतिमा फर्काउने र एकतालाई दुर्घटनामा जान नदिन प्रयत्न गरेपनि आजको बैठक निष्कर्षमा पुग्न भने सकेन । नेकपा स्थायी कमिटीको बैठक भोलि ११ बजेका लागि डाकिएको छ। बैठकअघि ओली र दाहालबीच पुन छलफल हुने बताइएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार