• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
खेलकुद

बार्सिलोनाका ‘लिजेन्ड’ ज्याभी बार्सिलोनालाई प्रशिक्षण दिन तयार

काठमाडौं । यो सिजन बार्सिलोनाको स्थिर प्रदर्शन गर्नसकेको छैन । बिभिन्न आन्तरिक कारण, खेलाडी किनबेच, कोरोना संकट इत्यादिका कारण बार्सिलोना लयमा आउन नसकेको अडकल गरिएको छ । यसपटकको ला लिगामा ६ खेल मात्र बाँकी रहँदा यस टोली आफ्नो चिर प्रतिद्वन्द्वी रियल म्याड्रिडभन्दा  दुईअंकले पछि परिसकेको छ । 

 

केहि समयअघि मात्र अर्नेस्टो भालभेर्डेलाई बार्सिलोनाले बर्खास्त गरेपछि रिक्त प्रशिक्षक पदको प्रबल दाबेदारमा बार्सिलोनाका ‘लिजेन्ड’ ज्याभीलाई  मानिएको थियो । तर गत जनवरीमा क्लबले क्वीके सेटिनलाई नयाँ प्रशिक्षक नियुक्त गर्दै ज्याभीको नाम सम्भावनामा मात्र रोकी दिएको छ । 

 

तर यसै क्रममा बार्सिलोनाका ‘लिजेन्ड’ ज्याभीले आफू र आफ्नो स्टाफ बार्सिलोनालाई प्रशिक्षण दिन अत्यधिक तयारी गरिरहेको खुलासा गरेका छन् । ४० वर्षीय यी स्पेनिसले खेलाडी भन्छन, 'अहिले मेरो सबैभन्दा ठूलो आशा भनेको बार्साको प्रशिक्षक बन्ने र क्लबलाई जीतको बाटोमा डोर्याउने हो।'

 

हाल उनी कतारको एक क्लब  अल–सादलाई प्रशिक्षण दिने गर्छन। उनले उक्त क्लबलाई कतारी सुपरकप र कतार कपको उपाधी दिलाएका छन । स्पोर्टसँग कुराकानी गर्दै ज्याभीले भने, 'म निकै उत्साहित छु बार्सिलोना फर्किन। यसको लागि मैले अनि मेरो प्राविधिक स्टाफले धेरै तयारी गरिरहेका छौं ।'

 

खेलाडीको रुपमा बार्सिलोना को लागि २५ वटा उपाधि जितेका ज्याभी भन्छन, 'म सधै यस  क्लबको हुँ भन्ने महसुस गर्छु  जस कारण सही समयमा भिन्न भूमिकामा यस क्लब फर्कन चाहन्छु ।' उनले बार्सिलोनाले केहि समय अघि आफुलाई प्रस्ताब गरेको स्वीकार्दै भने, 'उनीहरु जनवरीमा पनि आएका थिए। तर मैले यतिबेला परिस्थिति र समय सही नभएको भन्दै अघि बढ्न चाहिन । म बार्सिलोनामा फुटबलको निर्णय लिन चाहन्छु । अब समय आएको छ, म तयार छु ।' एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार