• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
खेलकुद

युभेन्ट्सले फेरी जित्यो, बार्सिलोना बराबरीमा अड्कियो

काठमाडौं । शीर्ष स्थानमा रहेको युभेन्ट्सले इटालियन सिरि 'ए' मा अर्को स्पस्ट जित हासिल गरेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सले जेनोआलाई ३-१ गोलले पराजित गरेको हो ।

 

युभेन्ट्सले पाब्लो डिबालाको गोलबाट ५० मिनेटमा अग्रता लिन सकेको थियो। त्यस्तै स्टार खेलाडी रोनाल्डोले ५६ मिनेटमा अग्रता दोब्बर पारे । सिजनको लिगमा रोनाल्डोले गरेको यो २४औं गोल लामो रेन्जको प्रहारमा भएको थियो । ७३ मिनेटमा डाउलास कोस्टाले युभेन्ट्सका लागि तेस्रो गोल गरेका थिए। सान्त्वना स्वरूप जेनोओका लागि ७६ मिनेटमा पिनामोन्टीले गोल गर्न सफल भए। यो खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । 

 

यता अंक तालिकाको दोस्रो स्थानमा रहेको लाजियोले टोरिनोलाई २-१ ले हराएको छ । २९ खेलबाट ७२ अंक जोडेको लिगमा युभेन्ट्सले ४ अंकको अग्रता कायमै राखेको छ । दोस्रो स्थानमा रहेको लाजियोको ६८ अंक छ ।


मंगलबार नै भएको स्पेनिस ला लिगाको खेलमा  बार्सिलोना एथ्लेटिको म्याड्रिडसँग बराबरीमा रोकिएको छ । २–२ को बराबरीमा टुंगिएको यो खेलमा पेनाल्टीमार्फत लियोनेल मेस्सीले क्यारियरको ७ सयौँ गोल पुरा गरे । उनको चिरपरिचित प्रतिद्वन्द्वी  रोनाल्डोसग को गोल संख्या दुरी मात्र २६ रहेको छ । 

 

यो बराबरी सगै बार्सिलोनाको उपाधि होडमा ठूलो धक्का लागेको छ किन भने रियलले आगामी खेल जिते शीर्ष स्थानमा चार अंकको अग्रता बनाउन सफल हुनेछ । यस  बराबरी पछि बार्सिलोना लिगको दोस्रो स्थानमा कायम रहेको छ । 

 

अर्जेन्टिनी स्टार मेसिले बार्सिलोनाको पहिलो गोलमा पनि भूमिका खेलेका थिए । उनले कर्नरबाट गरेको प्रहार डिएगो कोस्टालाई लाग्दै आत्मघाती गोलमा परिणत भएको थियो। दोस्रो हाफको सुरुवातमा नै मेस्सीले पेनाल्टी मार्फत आफ्नो यो कोशेढुंगा पार गर्दै बार्सिलोनालाई अग्रता दिलाए।  तर, साउलले अर्को पेनाल्टीमार्फत खेल बराबरी गरेका थिए । मेस्सी ७ सयौँ गोल गर्ने सातौँ खेलाडी हुन् ।

 

अन्य खेलाडी र गोल सख्या यस प्रकार छ :


चेक–अस्ट्रियन जोसेफ बिकान (८०५ गोल),


ब्राजिलका रोमारियो (७७२ गोल), 


ब्राजिलका पेले (७६७ गोल), 


हंगेरीका फ्रेरेंक पुस्कास (७४६ गोल),


 जर्मनीका गर्ड मुलर (७३५ गोल) र


क्रिस्टियानो रोनाल्डो (७२६ गोल)
 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार