• मंगलबार ३-२३-२०७७/Tuesday 07-07-2020
विचार

क्वारेन्टाइनमा महिला बलात्कृत हुँदा सरकार के हेरिरहेको थियो ?

दिनहुँ जसो मानबता माथी बढदै गएको क्रुर र पासबिक हत्याहरु र जननी शक्ति, मातृ शक्ति माथी हुने बलात्कार सामुहिक बलात्कार र बलात्कार पछिको हत्याको समाचारले सिङ्गो मानव समुदाय दिनैपिच्छे दुखी हुने गरेको छ। झन मातृ बात्सल्य छिया छिया हुने गर्दछ । रुकुमको चौरजहारी सोतीमा अन्तरजातिय प्रेम सम्बन्ध कारण नवराज, गणेश बिक लगायत ६ जना युवा माथी सिङ्गो गाउँ नै उल्टिएर गरेको पाशबिक हत्या, केही समय अघि अमेरिका जस्तो महाशक्ति राष्ट्र लोकतन्त्रको पर्याय देशको मिनियाना पोलिस भन्ने ठाउँको बिच सडकमा बर्दिधारी श्वेत पुलिसबाट अश्वेत नागरिक जर्ज फ्लोइड माथी रङ्ग र नस्लका कारण भएको अकल्पनीय असह्य क्रुर हत्याले पनि संसारभरिको मानव हृदयको मानबिय संबेदनसिलतालाई तरंगित गरेको थियो। 


गत बर्ष भारतको हैदराबाद हाइवे सादनगरमा २६ बर्षीय भेटनरी डाक्टर दिशाको ४ जना युबकले सामुहिक बलात्कार गरि जीउँदै जलाएर मारेको बिभत्स हत्याले त्यसैगरि सबैलाई रुवाएको थियो।  १३ बर्षिया किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या भएको यति लामो समय वितिसक्दा पनि घटनाको सत्यतथ्य नआउनुले सिङगो देश रोएको छ । 

 

तराईमा दाइजो नपुगेको निहुमा कैयौ चेली जलाएर कुटपिट गरि असहनिय यातना दिएर मारिएका छन्। गत बर्ष नारायणी अस्पतालका डा सचिनन्द यादवले उनकै श्रीमती सुनिता यादवलाई दाइजो नपुगेको निहुँमा कुटपीट गरि मारे । देशका कुनै न कुनै ठाउँबाट दिनहु बालिका बलात्कार, किशोरी, वृद्ध आमाहरु बलात्कार, सामुहिक बलात्कार र हत्याका घटनाले मुटुभरी भक्कानो र गहभरी आँसु छचल्किन्छ । गएको बर्ष बिरगंज छपकैया कि ९ कक्षा पढ्ने १५ बर्षीय मुस्कान खातुनलाई पढन जाँदै गर्दा गणेशचोक बिरगंजमा १६ बर्षिय सम्सद मियाले प्रेम अस्विकार गरेको भन्दै अनुहारमा एसिड छर्किदिए । 

 

काभ्रेमा केही बर्ष अगाडी हजुर बुवाले गरेको कर्तुत आफ्नो बुवाबाट न्याय पाउने आशमा सुनाउँदा पिताबाट नै भएको बलात्कार होस वा कैयौं ठाँउमा आफ्नै बुवा, दाजु, भाइ, देवर, जेठाजु, ससुराबाट महिनौ अनि बर्षौदेखि बलात्कार भएपनि ढीलोगरि जानकारी बाहिर आउँदा बेलाबखतमा मात्र समाचार बन्छन। स्कुल जादा कोचिङ पढन जादा शिक्षकबाट असुरक्षित, अस्पताल जादा डाक्टरबाट असुरक्षित, गाडी चडदा चालकबाट असुरक्षित, अनाथालय र बृद्दा आश्रमहरुमा संचालकहरुबाट असुरक्षित,  भगवान र पिता मानेका कयौ गुरु र सन्तहरुबाट बलात्कृत यस्ता कैयन विकृतीका घटनाहरु पनि ढीलो चाँडो सार्वजनिक भएका छन्। जागिर माग्न र खान गयो माथिल्लो श्रेणीका हाकिमहरुबाट हिंसा,  न्याय माग्नु गयो प्रहरी र न्यायिक निकायहरुबाट हिंसा। जहाँ जुन सुकै क्षेत्रमा पनि यस्ता घटना नघटेको चोखो र अछुतो नै रहेन । माथि उल्लेखित सबै प्रतिनिधि घटना मात्र हुन । 

 

समाचारमा नआएका र समाज र परिवारका डरले त अनगिन्ती हिंसाहरु आवाजबिहिन भई पुस्तौदेखि दबिदै आएर अहिले सम्म पनि दमित नै छन् । समाजका हर क्षेत्रका केही पासबिक नरपशुहरुको कारण समाजमा अभिभावकिय भुमिका निर्बाह गरिरहेका हर क्षेत्रका राष्ट्रसपूत पुरुषहरुलाई पनि कहिलेकाही आफ्नो लिङ्गप्रती झस्काइ दिन्छ होला । नेपालको सन्दर्भमा भन्नुपर्दा अब दोष ककसको हो मिहिन खोजी र निराकरणको उपाय खोज्न जरुरी छ । यी यावत खाले क्रुर र पाशबिक घटनाहरुको दोषी को हो रु महिला स्वयं रु प्रकृत्ती प्रदत्त लिङ्गिय उन्माद को रु समाज र संस्कार को रु कमजोर आर्थिक अवस्था को रु कमजोर कानून को रु अब सिङ्गो मानव समुदायले यी घृणित र पाशबिक हिंसा र हत्याहरुको कारण र निराकरणको जड र तोडसम्म पुगि बेजोडसँग लाग्न ढिलो भईसकेको छ। कसैमाथी पनि जुन लिंगले अमानबिय, मानसिक, भौतिक, शारिरिक, आर्थिक, भाषिक जुनसुकै तनाव यातना र कष्ट दिए पनि त्यो हिंसा हो। चाहे पुरुष होस या महिला कसै माथी पनि भएको मानबता बिरोधी गतिबिधीको बिरुद्द सिङ्गो मानव समुदाय जुरुक्क उठन जरुरी छ। यस्ता जघन्य अपराध न्युनिकरण निराकरणका लागि ब्यक्ती स्वयंको लिङ्गीय अनुशासन ज्ञानेन्दृयहरुमाथी आत्म नियन्त्रण सबैभन्दा उत्तम उपाय हो। हाम्रा पुर्बीय दर्शन, सबै नाता सम्बन्धहरु माथिको सुसम्बन्ध र सुसंस्कारहरुको मजबुतीमा हामी सबै सर्बत्र युद्दस्तरमा लाग्न आवश्यक छ । 

 

महिला शिक्षा र आर्थिक सवलिकरणले समतामूलक समाजको निर्माण गर्दछ। संयुक्त परिवार प्रथा, नैतिक शिक्षा र नैतिक चरित्रहरुलाई फेरि परिवारदेखि बिधालय शिक्षासम्म लागू गर्न जरुरी छ। बलात्कारिहरुलाई फाँसिको सजायसम्मको कानुनी ब्यबस्था अति जरुरी भैसकेको छ । पीडित लिंगले पनि भटकिलो र उत्ताउलो भेषभूषा रहन सहन र सार संगतबाट जोगिन जरुरी छ। हरेक महामारी र बिपत्तिको पहिलो सिकार महिला र बालबालिका नै हुने गर्दछ। सरकार र समाजका हरेक बुज्रुक बर्गले देखेको र भोगेको सत्य हो यो। 

 

यो सरकार नागरिकको जीवन रक्षा र उस्को स्वास्थ्यतर्फ कहि कतै जिम्मेवार भेटिएन। यत्रो मानव सभ्यताले कल्पना नगरेको कोरोनाको कहर अर्थात कोभीड-१९ को महाब्याधीको समयमा पनि प्रधानमन्त्री र उहाँको सरकार सर्बत्र भ्रष्टाचारमा लिप्त रह्यो। नागरिक घर भित्र थुनिएर बसेको झन्डै ३ महिना सम्ममा कैयौं ब्यक्ति भोकभोकै मरे । आत्मदाह र आत्म हत्या गरे । क्वारेन्टाईनमा बसेका मान्छे औषधी र अस्पताल नदेखी मरे तर सरकार मुर्दामा राजनिती र कात्रोमा कमिशन खानै तल्लिन छ । हर निकाय र क्षेत्रका उध्योग ब्यबसायीहरु धरापमा परे । बिपन्न अशक्त अपाङ्ग र श्रमजीवी बर्ग सबैभन्दा ठुलो मारमा परेको छ । 

 

यो महामारीमा एकल, बिधवा महिला र अपाङ्ग अशक्तहरु प्रती सरकारको पहिलो सम्पूर्ण दायित्व र विशेष प्याकेज योजना हुनुपर्नेमा उल्टो यिनको नगण्य भत्ता सुबिधा खोस्न सरकार अघि सर्‍यो। सिमामा आइपुगेका हजारौं नागरिकको यो सरकार अबिभावक बन्न सकेन । खाडी र अन्य मुलुकमा अलपत्र परेका नागरिकको आफ्नो देश आफ्नो भुमी जीवनको सबैभन्दा कष्टकर समयमा आफ्नो बन्न सकेन । हरेक महामारीको पहिलो सिकार महिला र बालबालिका हुने गर्दछन । 

 

यी यावत खाले घटना र सर्वत्रको बेथितीबारे नागरिक सुझाव दबाबलाई बेवास्ता गरि स्वेच्छाचारी अधिनायकवादि निरंकुश र बिबेकहिन सरकारी रबैयाको उपज हो गत शनिबार कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १ स्थित सहिद स्मारक सेकेन्डरी बिध्यालयको चुकुलसम्म नभएको कोठामा बस्न बाध्य एक महिलामाथी सोही क्वारेन्टाईनका स्वयमसेवक र स्वास्थ्यकर्मी ३ युवाहरुले गरेको सामुहिक बलत्कार ।

 

नागरिक प्रति अत्यन्तै गैर जिम्मेवार भ्रष्ट नालायक सरकारले यो घटनाको सम्पूर्ण दोष लिनु पर्दछ। यो महामारीमा एउटा दुखमा परेको मानवलाई भेडा  बाख्रा  गोठ अति अव्यवस्थित स्कुलको कोठाहरुमा नागरिकलाई जनावर सरह राखेर १० अर्बको हिसाब देखाउने यो सरकार  बलात्कारी उन्मुख क्वारेन्टाइन बनाउँछ । यस जघन्य बलात्कारको घटनाको सम्पूर्ण दोषी सरकार हो। यसमा अब कारवाही कसलाई गर्ने सरकार आफैं बुझोस् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार