• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
बिश्व

बलिउड संगीतकार वाजिद खानको मृत्यु, कोरोनाको शंका

मुम्बई । बलिउडका चर्चित संगीत निर्देशक एवं गायक वाजिद खानको निधन भएको छ। ४२ वर्षीय संगीतकर्मीको सोमबार बिहान मुम्बईमा निधन भएको हो। गायक सोनु निगमले इन्स्टाग्राम पोस्ट लेख्दै वाजिदको मृत्यु पुष्टि गरेका छन्। उनले लेखेका छन्,’मेरो भाइ वाजिदले हामीलाई छाडेर गयो।’

 

वाजिदको स्वास्थ्यमा समस्या थियो। उनको दुई वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो। पछिल्ला चार दिन यता उनी भेन्टिलेटरमा रहेको जनाइएको छ। भारतीय पत्रकार फारूदुन शाहार्यारका अनुसार वाजिदमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। उनले ट्वीटमा लेखेका छन्,’सोनु निगमले दिएको जानकारी अनुसार वाजिदलाई कोभिड-१९ थियो।’


वाजिद आफ्नै दाइ साजिद खानसँग जोडीका रुपमा इन्डस्ट्रीमा सक्रिय थिए। सलमान खानको फिल्म ‘प्यार किया तो डरना क्या’ बाट बलिउडमा डेब्यू गरेको यो सांगीतिक जोडीले हेलो ब्रदर, तुमको ना भूल पाएंगे, गर्व, मुझसे शादी करोगे, वीर, दबंगका तीन संस्करण लगायत फिल्म  संगीत दिएका छन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार