• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
बिश्व

पाकिस्तानले शुरु गर्‍यो अन्तर्राष्ट्रिय उडान 

पाकिस्तान । कोरोना भाइरस (कोभिड-१९) को कारण बन्द रहेको अन्तर्राष्ट्रिय उडानहरु पाकिस्तानले सुरु गरेको छ ।

 

पाकिस्तानले शुक्रबार रातिदेखि अन्तर्राष्ट्रिय उडान सुरू गरेको हो । पाकिस्तान सरकारले कोरोनाभाइरस संक्रमणका कारण यसको नियन्त्रण गर्न नियमित गतिविधिमा पनि रोक लगाएको थियो ।

 

तर, शुक्रबारदेखि यहाँका अन्य नियमित गतिविधिहरुमा पनि खुकुला पार्ने नीति लिएको छ । उक्त निर्णयसँगै अन्तर्राष्ट्रिय उडानहरुमा लगाएको प्रतिबन्ध पनि शुक्रबार रातिदेखि नै फुकुवा गरेको बताएको छ ।

 

पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले शुक्रबार एक सूचना जारी गरेर सो जानकारी दिएको थियो र सोही बमोजिम शुक्रबार रातिबाट उडान सुरु भएको हो । प्राधिकरणले देशभित्रका आन्तरिक उडानहरुलाई पनि विस्तारै विभिन्न चरणमा गरी यसअघि नै सुरू गरिसकेको छ ।

 

पाकिस्तान सरकारको निर्णयअनुसार पाकिस्तानबाट हुने अन्तर्राष्ट्रिय उडानहरू शुक्रबार राति २३ः५९ पछि सुरू भएका समाचारमा जनाइएको छ । पाकिस्तानबाट विदेशका लागि हुने उडानका लागि आवश्यक प्रक्रिया सरकारले पहिले नै तोकेको थियो । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार