• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
बिश्व

एकलाख मानिसको मृत्यु हुँदा पनि अमेरिकामा लकडाउन खुकुलो

काठमाडौं । जोन्स होप्किंस युनिभर्सिटीले निकालेको तथ्यांक अनुसार हालसम्म अमेरिकामा एक लाख भन्दा बढी मानिस कोरोना भाइरसको कारण मरिसकेका छन । त्यस्तै लगभग १७ लाख मानिस यस भाइरसको संक्रमित भएको जनाइएको छ । कोरोनाको कारण एकै देशमा एक लाख मानिस मरेको यो पहिलो घटना हो । 

 

युनिभर्सिटीको अनुसार बिश्वभर असर गरेको यो भाइरसले अहिले सम्म ३,५५,५७५ भन्दा बढी मानिसको मृत्यु भएको छ । त्यस्तै ६० लाख मानिस संक्रमित हुँदा अहिलेसम्म २४ लाख मानिस ठिक भईसेकका छन् ।  अहिले संक्रमित बढी रहेको ब्राजिलमा २५ हजार मानिसको मृत्यु भएको छ भने गत २४ घन्टामा एक हजार भन्दा बढीको मृत्यु भएको छ । 

 

यस्तो परिस्थितिमा अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रंपले प्रदेश सरकारलाई आर्थिक क्रियाकलाप जारि राख्न र परिस्थिति सामान्य गर्न निर्देशन दिएका छन् । उनले टवीटमा लेखेका छन् कि, 'यो वर्ष स्टक मार्केट तलमाथि भएको छ, अर्को बर्ष हामी अहिलेसम्म कै उत्कृष्ट हुनेछौं ।' ट्रंपले केहि महिना अघि कोरोना सामान्य रोग हो भनेका थिए भने  यसले धेरै मानिस मर्न सक्ने अनुमानलाई खारेज गरेका थिए । 

 

बैज्ञानिकहरुको समुहलाई हेर्ने उनको प्रशासनले अमेरिकामा करिब साढे दुई लाख मानिस मर्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको थियो । तर ट्रंपले त्यसलाई नकारेका थिए । एजेन्सी
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार