• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
बिश्व

कोरोना पिडितको नाममा दश दिन शोक दिवस 

स्पेन। कोरोना भाइरसको कारण मृत्यु भएकाहरुको सम्झनामा स्पेनले औपचारिक रुपमा दश दिने शोक दिवस गर्ने भएको छ । बुधबारदेखि देशको सबै सार्वजनिक ठाउँमा राखिएको झण्डा आधा झुकाएर सुरु भएको  यो कार्यक्रम जुन ५ सम्म संचालन हुने भएको जनाइएको छ । स्पेनमा २७,००० भन्दा बढी मानिसले कोरोनाको कारण मर्नु परेको थियो । 

 

मंगलबार बसेको स्पेनको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो । स्पेनका प्रधानमन्त्री पेड्रो सान्जेलले आफ्नो ट्वीटरमा लेखेका छन् कि,'यो हाम्रो देशको इतिहासमा सबैभन्दा धेरै दिन, शोक सभा मनाइदै छ जहाँ हामीले कोरोनाको कारण मर्नेहरु प्रति सम्वेदना व्यक्त गर्नेछौं ।' 

 

सरकारको प्रवक्ता मारिया जीजस मोंटेरोले मन्त्रिपरिषद्को बैठकपछि भनिन, 'मर्ने सबै पुरुष र महिलाहरुको जीवन एकाएक छोटो भयो र उनीहरुले आफ्ना परिवार र साथीहरुलाई दुखमा छोडेर गए । उनीहरुको अभाव र अहिले निर्माण भएको फरक परिस्थितिमा हामीहरु छौं ।' उनका अनुसार प्रत्यक १० जना मध्य ८ जना मर्ने व्यक्ति ७० बर्ष भन्दा बढि उमेरका थिए । उनले भनिन, 'यो  देशलाई यो पहिचान दिने ती मानिसलाई हामीले गुमाएका छौं ।'

 

स्पेनले मार्च १४ देखि लकडाउन सुरु गरेको थियो । तर पनि कोरोनाको संक्रमण भने स्पेनमा धेरै नै फैलिएको थियो । धेरै मर्ने र संक्रमित हुनेमा स्पेन पाँचौ नम्बरमा परेको छ। कोरोनाको कारण अहिलेसम्म स्पेनमा २७,१११ मानिस मर्नुको साथै २,३६,००० मानिस संक्रमित भएका छन । 


चारपटक आपतकालीन अवस्थाको घोषणा गरि सरकारले निकै कडा निषेधाआज्ञा जारी गरेको थियो । अघिल्लो हप्तादेखि भने सार्वजनिक गतिविधिलाई अलि खुकुलो बनाइएको छ।एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार