• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
प्रविधी

यो वर्ष सहयोग गरौं, अर्को अप्रिलका लागि ठट्टा जोगाई राखौं

काठमाडौं । आज अप्रिल १ गते अर्थात 'अप्रिल फूल' । मानिसलाई झुट बोलेर झुक्याएर र मुर्ख बनाएर त्यसलाई पर्व जस्तै उल्लासमय तरिकाले लिइने अप्रिलफूल यो वर्ष गुगलले नमनाउने भएको छ । विगतका वर्षहरुमा आजको दिनलाई निकै रमणिय तरिकाले मनाइदै आएको हो ।

 

आफ्ना नजिकका साथीहरुलाई झुट बोलेर अप्रिल फूल मनाउने गरिन्छ । विश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणका कारण रमाइलो र ठट्टा गर्ने समय नभएको भन्दै इन्टरनेट जाएन्ट गुगलले अप्रिल फूल नमनाउने भएको हो ।

 

गुगलका मार्केटिङ विभाग प्रमुख लोरिन टुहिलले कम्पनीका पदस्थ कर्मचारीहरुलाई इमेल मार्फत खबर गरेर गुगलले यो वर्ष अप्रिल फूल नमनाउने आग्रह गरेको बताएका छन् । इमेलमा उनले भनेका छन्  ‘सामान्य अवस्थामा अप्रिल फुल गुगलको परम्परा हो। तर यो वर्ष कोरोना भाइरसको महामारीसँग लडिरहेका मानिसको सम्मानमा हामीले यो परम्परा स्थगन गरेका छौं, ।’

 

कोभिड-१९ को सहायताका लागि गुगलले ८० करोड डलर सहयोगको यस अघिनै प्रतिबद्धता समेत जनाइसकेको छ । यो समयमा आफ्नो मुख्य लक्ष्य मानिसरुलाई सहयोग गर्ने रहेको गुगलको भनाई छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार