• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
खेलकुद

टोकियो ओलम्पिकको नयाँ मिति सार्वजनिक

काठमाडौं । टोकियो ओलम्पिकको नयाँ मिति सार्वजनिक भएको छ । कोरोना भाइरसका कारण एक वर्ष सरेको ओलम्पिकको नयाँ मिति सार्वजनिक भएको हो । 

 

अब टोकियो ओलम्पिक २०२१ को जुलाई २३ देखि अगष्ट ८ सम्म संचालन हुने छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भइरसका कारण यसअघि जुलाई २४ बाट आयोजना हुने भनिएको ओलम्पिक स्थगित गरिएको थियो।

 

यसअघि एक वर्षका लागि ओलम्पिक सार्न जापानी प्रधानमन्त्री सिञ्जो आवेलगायत विभिन्न राष्ट्रले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीलाई प्रस्ताव गरेका थिए ।

 

अन्तर्राष्ट्रिय ओलम्पिक समिति, जापानी सरकार, टोकियो महानगरपालिका र स्थानीय आयोजक समितिको संयुक्त निर्णय पछि उक्त घोषणा भएको हो। एजेन्सी 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार