• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
खेलकुद

धुर्मुस–सुन्तली फाउन्डेशनलाई सन्दीप लामिछाने दिए ७० हजार

काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछाने धुर्मुस–सुन्तली फाउन्डेशनलाई आर्थिक सहयोग गरेका छन् । चितवनको भरतपुरमा निर्माणाधीन रङ्गशालाका लागि उनले ७० हजार रुपैयाँ फाउन्डेशनलाई हस्तान्तरण गरेका हुन् । 

 

सन्दीपले गत महिना कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग दुई खेल्ने क्रममा हरेक विकेट लिए बापतको रकम रङ्गशाला निर्माणका लागि सहयोग गर्ने घोषणा गरेका थिए । उनले प्रत्येक विकेट लिए बापतको रु आठ हजार ८४८ सहयोग गर्ने घोषणा गरेका थिए । 

 

सन्दीपले ओमान र अमेरिकासितका चार खेलमा आठ विकेट लिएका थिए । सोही विकेट बराबरको रकम फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल र उपाध्यक्ष कुञ्जना घिमिरेलाई हस्तान्तरण गरिएको हो । सन्दीप रङ्गशाला निर्माणका सद्भावनादूत समेत हुन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार