• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
खेलकुद

निमा र विमललाई सर्वोत्कृष्ट खेलाडीको अवार्ड

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले मंगलबार आयोजना गरेको एनएनआईपीए स्पोर्ट्स अवार्डमा महिलातर्फ निमा र पुरुषतर्फ विमल सर्वोकृष्ट खेलाडी चुनिएका हुन् । सर्वोकृष्ट चुनिएसँगै निमा र विमलले १र१ लाख प्राप्त गरे ।

 

२८ खेलका अलग उत्कृष्ट खेलाडीमध्येबाट सर्वोत्कृष्ट खेलाडी छनोट गरिएको हो । त्यस्तै फुटबलका भरत खवास उत्कृष्ट पुरुष खेलाडी घोषित भए । महिलातर्फ भलिबलकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी घोषित भईन् । 

 

त्यस्तै उदयमान खेलाडीमा पुरुषमा एथ्लेटिक्सका अजितकुमार यादव र महिलातर्फ भलिबलकी सरस्वती चौधरीले अवार्ड जितिन् । अजित र सरस्वतीले समान ५० हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट खेलाडी अवार्ड पाउने २८ खेलका प्रत्येक खेलाडीले जनही १०/१० हजार नगद प्राप्त गरे ।


बसन्तपुर डबलीमा आयोजित अवार्ड कार्यक्रममा पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको ‘गजरा आदर्श खेलाडी’को अवार्डबाट बक्सिङका प्रशिक्षक मदन गरुङले पाए । उनी ३५ हजार रुपैयाँ सहित सम्मानित भए ।

 

एनएनआईपिए पत्रकारिता पुरस्कारबाट राजेन्द्र चित्रकार सम्मानित भए । खेल पत्रकार प्रज्वल वलीले स्पेसल अवार्ड पाएका थिए । पारा खेलकुदको अवार्ड बोसिया खेलकी महिमा कोइरालाले पाईन ।

 

एनएनआईपिए अवार्ड २०७५

 

सर्वोत्कृष्ट खेलाडी

महिला– निमा गुरुङ (तेक्वान्दो) १ लाख रुपैयाँ

पुरुष – विमल अधिकारी (प्याराग्लाइडिङ) १ लाख रुपैयाँ

 

प्रतिभावान खेलाडी

महिला – सरस्वती चौधरी (भलिबल) ५० हजार रुपैयाँ

पुरुष – अजितकुमार यादव (एथलेटिक्स) ५० हजार रुपैयाँ

पारा एथलिट – महिमा कोइराला (बोसिया) – १० हजार रुपैयाँ

गजराज आदर्श खेल व्यक्तित्व – मदनकुमार गुरुङ (बक्सिङ), ३५ हजार रुपैयाँ

विषेश सम्मान – प्रज्वल आली

खेल पत्रकार – राजेन्द्र चित्रकार (२५ हजार रूपैयाँ)

उत्कृष्ट खेलाडी – जनही १० हजार रुपैयाँ

फुटबल – भरत खवास

भलिबल – सरस्वती चौधरी

सुटिङ– सुष्मिता नेपाल

भारोत्तलोन – सञ्जु चौधरी

प्याराग्लाइडिङ – विमल अधिकारी

पौडी – सुभम श्रेष्ठ

टेबल टेनिस – नविता श्रेष्ठ

फेन्सिङ – ओमकार सिंह

लन टेनिस – प्रेरणा कोइराला

कबड्डी – रेणुका कुमारी राजवंशी

सेपाकताक्रो – रोशन तामाङ

स्पोर्टस क्लाम्बिङ – पेम्बा शेर्पा

बक्सिङ – मिलन शाह ठकुरी

रोलर – भूपेन्द्र थापा

ब्याडमिन्टन – दीपेश धामी

कुराँश – उपेन्द्र थापा

पेनकेक सिलात – गोविन्द चौधरी

ट्रायथोलन – बसन्त थारु

एथलेटिक्स – अजित कुमार यादव

बास्केटबल – मनिषराज उपाध्याय

जुडो – इन्द्र श्रेष्ठ

कराते – विजय श्रेष्ठ

कुस्ती – रेशम गौतम

उसु – जुनी राई

आर्चरी – तिलक पुन मगर

तेक्वान्दो – निमा गुरुङ

गल्फ – टंकबहादुर कार्की

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार