• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
राजनीति

आफ्नो नेतृत्वको सरकार बनेपछि अन्तर्राष्ट्रिय सूचकांकहरुमा सुधार भएको प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार बनेपछि अन्तर्राष्ट्रिय सूचकांकहरुमा  सुधार भएको बताएका छन ।  

 

 आज देखि सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सरकारले युगान्तकारी काम गरिरहेको दाबी गरे ।


  एमसीसी परियोजना संसदबाट पारित गराउन कुनै अलमल गर्नु नपर्ने पनि उनको भनाइ छ । 

 

४०  बढी देशमा यसै परियोजनामा काम भइरहेको र इण्डो प्यासिफिक रणनीतिसँग यसको कुनै संलग्नता नभएको  उनले बताएका छन । 

 

 

 प्रधानमन्त्री ओलीले राम्रो कामको प्रचार हुन नसेका कारण सरकारले केही गर्न सकेन भन्ने भ्रम जनतामा परेको पनि बताएका छन ।

 

बैठकमा केन्द्रीय समिति र आमन्त्रित स्थायी समिति सदस्यहरु सहभागी छन् ।  चार सय ४१ सदस्य रहेको केन्द्रीय कमिटी बैठकमा एजेन्डामाथि केन्द्रीय सदस्यहरूलाई १५ समूहमा विभाजन गरेर बोल्न समय दिइने छ ।

 


नेकपाको विधानअनुसार ६–६ महिनामा बस्नुपर्ने केन्द्रीय कमिटीको बैठक झण्डै २० महिनापछि बोलाइएको हो । स्थायी कमिटीले गरेका निर्णय पनि अनमुमोदन हुनेछ । बैठकले विधान संशोधन प्रस्ताव अनुमोदन गर्नेछ ।

आगामी आइतबारसम्म चल्ने बैठकमा केन्द्रीय सदस्यहरुले खुला रुपमा छलफल गर्न पनि पाउने छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार