• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
बिश्व

के साउदी युवराजले विश्वका सबैभन्दा धनी व्यक्तिको फोन ह्याक गरेकै हुन ?

ताजा आरोपहरूले साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानलाई अमेरिकी अर्बपति जेफ बेजोसको फोन ह्याकिङमा मुछिदिएको छ।

 

फोन ह्याकको घटना साउदी शासकका आलोचक एवम् पोस्टका पत्रकार जमाल खसोग्जीको हत्याभन्दा पाँच महिना पहिले नै भएको थियो। पोस्टका मालिक बेजोस हुन्।

 

अमेरिकामा बस्दै आएका साउदी सरकारका आलोचक खसोग्जीलाई सन् २०१८ को अक्टोबरमा टर्कीको इस्तानबुलस्थित साउदी दूतावासभित्र हत्या गरिएको थियो।

 

बिन सलमानलाई उक्त हत्या आदेश दिएको आरोप लागेको छ तर साउदी अरेबियाले सो हत्या उनका सेवामा रहेका मानिसहरूले विनाअनुमति गरेको भन्दै आएको छ।

बुधवार द गार्डियन पत्रिकामा प्रकाशित समाचारका अनुसार बेजोसको फोनमा ह्वाट्सएपमार्फत् बिन सलमानको व्यक्तिगत खाताबाट शङ्कास्पद लिङ्क पठाइएपछि उनको फोन ह्याक भएको थियो।बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार