• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
बिश्व

ह्यारी दम्पतीको शाही पदवी खोसिने

लन्डनं ।  बेलायती राजकुमार ह्यारी तथा उनकी श्रीमती मेगनको शाही पदवी खोसिने भएको छ र साथै उनीहरुले पब्लिक फन्डको रकम पनि नपाउने भएका छन् । 

 

वसन्त ऋतुदेखि  ‘हिज–हर रोयल हाइनेस (एचआरएच)’ भन्ने पदवी र शाही कोष पनि प्रयोग गर्न नपाउने बकिङघम राजदरबारले शनिबार घोषणा गरेको छ । तर ह्यारीलाई राजकुमार र ड्युक अफ ससिक्स् एवं मेगनलाई डचेस अफ ससिक्स् भनेर चाहिं सम्बोधन गरिने छ ।

 

गत सोमबार राजपरिवारका वरिष्ठ सदस्यहरुबीचको बैठकपछि राजदरबारको पछिल्लो भनाइ आएको हो । हालै सो दम्पतीले वरिष्ठ शाही परिवारबाट बाहिरिने घोषणा गरेको थियो । 

 

बेलायती महारानीले  धेरै महिनासम्मको कुराकानी र हालैको छलफलबाट आफ्नो नाति र उनको परिवारको बारेमा रचनात्मक र सहयोगी बाटो पहिल्याउने काम भएकोमा खुसी व्यक्त गरेको दरवारले निकालेको विज्ञप्तिमा  उल्लेख गरेको छ । 

 

विज्ञप्तिमा ह्यारी, मेघन र आर्ची आफ्नो परिवारको धेरै माया गरिएका सदस्य सधैं रहने समेत जनाएकी छन् । उनीहरु सैन्य नियुक्तिबाट हट्ने र बेलायती महारानीको औपचारिक प्रतिनिधित्वसमेत नगर्ने बीबीसीले जनाएको छ। विज्ञप्तिमा ह्यारी दम्पतीको सुरक्षा प्रबन्धबारे भने केही खुलाइएको छैन।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार