• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
बिश्व

अबुधाबीमा १८ नेपाली सवार मिनिबस दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं । संयुक्त अरब इमिरेट्समा १८ जना नेपाल सवार मिनिबस दुर्घटना भएको छ । बिहीबार बिहान भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ।  दुर्घटनामा १६ जना नेपाली घाइते भएको  र तीमध्ये तीनजनाको अवस्था चिन्ताजनक भएकोले आइसियुमा राखिएको बताइएको छ ।

 

बिहान करिव ५:३० मा भएको दुर्घटनामा परेर घाइते भएका २४ जनामध्ये १९ जना नेपाली भएको युएईस्थित नेपाली दूतावासले जनाएको छ। जसमा पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ । उनीहरु कुन मुलुकका हुन् भन्‍ने खुल्न सकेको छैन । 

 

प्रवासी कामदार बोकेको बसले मालबहाक लरीलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो। आबुधावी प्रहरीले सार्वजनिक गरेको भिडियोमा सडकमा गुडिरहेको कारले दाँया साइड च्याप्दै रोकिन खोजेपछि पछिपछि रहेका दुईवटा लरीले गति कम गर्दै रोकिँदा पछाडिबाट आएको मिनीबसले पछिल्लो लरीलाई ठक्कर दिएको देखिएको छ।

 

दुर्घटना पछि युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालसहित दूतावासको सोली घाइतेहरूलाई भर्ना गरिएको मरफाक अस्पतालमा भेट्न पुगेका थिए। 

 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार