• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
खेलकुद

एनआरटीसँग पुलिसको हार

काठमाडौं । आज दशरथ रंगशालामा भएको कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा एनआरटीले पूर्व विजेता नेपाल पुलिस क्लबलाई १–० ले हराएको छ । 

 

दर्शन गुरुङको निर्णायक गोलमा न्युरोड टिम (एनआरटी) ले जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय क्लब नेपाल पुलिसलाई पराजित गरेको छ । दर्शनले ७६ औं मिनेटमा गोल गरेका थिए ।

 

राजेश परियारको पासमा दर्शनले पेनाल्टी बक्सको मध्यभागबाट गोल गरेका थिए ।  ६ खेलमा एनआरटीको यो तेस्रो जित हो । २ खेलमा हार बेहोरेको एनआरटीले १ खेलमा बराबरी गरेको थियो ।

 

एपीएफ विरुद्ध पुलिसले खेलको २५ औं मिनेटमै लेफ्ट ब्याक रविन श्रेष्ठलाई गुमाएको थियो । साढे दुई वर्षपछि मैदान फर्किएका रविन पुरानो चोटमा समस्या आएपछि पहिलो हाफमै मैदान छोडेका थिए ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफ गोल रहित बराबरी भएको खेलमा एनआरटी ७६ औं स्थानमा गोल सफल भयो । राजेश परियारको पासमा दर्शनले उत्कृष्ट गोल गरेपछि एनआरटी जित निकाल्न सफल भएको हो । 

 

त्यसपछिको बाँकी समय पुलिसले बराबरी गोल फर्काउन नसक्दा लिगमा दोस्रो हार ब्यहोरेको छ । खेलको इन्जुरी समयमा अन्जन राइको प्रहार बाहिरिँदा पुलिस बराबरी गोल फर्काउन असफल भयो ।

 

एनआरटीको गोलअघि पुलिसले अधिंकाश समय बल नियन्त्रणमा लिए पनि गोल गर्न सकेन। ३६ औं मिनेटमा पुलिसका सुमन लामाको प्रहार एनआरटीका गोलकिपरले रोकेका थिए । 

 

त्यसअघि २० औं मिनेटमा पुलिसका भरत शाह गोल गर्न चुके । १२ औं मिनेटमा शाहको प्रहार किपरले रोकेका थिए । २ मिनेटमा प्रवेश कुँवरले सुन्दर अवसर खेर फाल्दा पुलिस अग्रता लिनबाट बञ्‍चित भएको थियो ।

 

एनआरटीसँगको हारसँगै पुलिस लिगको सातौं स्थानमा झरेको छ । ६ खेल खेलेको पुलिसले दुई खेलमा जित, दुई खेलमा हार र दुई खेलमा बराबर गरेको छ । पुलिसलाई हराउँदै दोस्रो जित निकालेको एनआरटी भने छैटौं स्थानमा उक्लिएको छ । एनआरटीको १० अंक रहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार