रङ्गशाला निर्माण गर्न माघ १९ गतेदेखि २६ गतेसम्म महायज्ञ लगाइने, ५० करोड सङ्कलन गर्ने लक्ष्य
रामपुर । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पु¥याउन आगामी माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको छ ।
चितवनको रामपुरमा रङ्गशाला निर्माण कार्य जारी छ । प्रदेशसभा सदस्य लिवजय सुवेदीको संयोजकत्वमा महायज्ञ सम्पन्न गर्न एक हजार १११ सदस्यीय मूल समिति गठन गरिएको छ ।
महायज्ञबाट रु ५० करोड सङ्कलन गर्ने लक्ष्य रहेको समितिका महासचिव दिनेशकुमार चुकेले जानकारी दिए । मूल वाचकका रुपमा पण्डित दिनबन्धु पोख्रेल रहने छन । पछिल्लो समय रङ्गशाला निर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ ।
सहयोग जुट्ने क्रमसमेत निरन्तररुपमा अघि बढेको छ । रङ्गशाला निर्माणस्थलमा नै महायज्ञ लगाइदै छ ।
धुर्मश सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले रङ्गशाला निर्माणले निरन्तरता पाएको जानकारी दिए । मैदान निर्माणका गर्न अन्तर्राष्ट्रियस्तरका विज्ञसँग सम्झौता गरिँदै छ ।रङ्गशालाको आकार आउने गरी काम अघि बढेको छ ।
मैदान, संरचनाको जग राख्ने काम, ढल निकासको काम भइरहेको छ ।
रङ्गशालाको विभिन्न कक्षलाई जिल्लाबाट नामकरण गरिएकोे छ । रङ्गशाला सम्पन्न गर्न रु दुई अर्ब ५० करोड खर्च हुने अनुमान गरिएको छ ।
रङ्गशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्साङ्कन गरिएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस