• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
खेलकुद

यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । श्रीलंकामा आयोजना हुने एसीसी यू(१९ एसिया कप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । भदौ १९ देखि सुरु हुने प्रतियोगिताको लागि नेपालले बिहिबार रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

 

टोलीमा सन्दीप जोराले कमब्याक गर्दा बिशाल विक्रम केसी भने टिमबाट बाहिरिएका छन् । टिममा कमब्याक गर्नेमा जोरासंगै आसिफ शेख र सूर्य तामाङ रहेका छन् । नेपाली टोलीको प्रशिक्षकमा विनोद दास रहेका छन् भने टिम म्यानेजरमा राजु खड्का रहेका छन् ।

 

प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक श्रीलंकासंग खेल्नेछ । समूह 'बी' मा रहेको नेपालले श्रीलंकासँग भदौ २० गते खेल्नेछ । यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ ।

 

प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालसँगै आयोजक श्रीलंका, युएई र बंगलादेश रहेका छन् । त्यस्तै समूह ‘ए’ मा पाकिस्तान, भारत, कुवेत र अफगानिस्तान रहेका छन् ।

 

नेपाली टिम 
रोहित कुमार पौडेल (कप्तान)

रित गौतम

पवन सर्राफ

मोहमद आसिफ शेख

सन्दीप जोरा

भिम सार्की

कुशल मल्ल

रशिद खान

कमल सिंह ऐरी

सागर ढकाल

हरि बहादुर चौहान

प्रतिष जिसी

खडक बोहरा

लोकेश बम

सुर्य तामाङ

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार