• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

म अझै १५ वर्ष बाच्छु, अहिले मर्दिन : प्रधानमन्त्री ओली 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै १५ वर्ष बाँच्ने बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार गृह मन्त्रालयमा बसेको बैठकमा उनले विरोधीले आफूलाई मरिहालोस् भनेर प्रचार गरेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा अस्तित्व रक्षाका लागि तयारी थाल्न चुनौती दिए। 

 

उनले संविधान ल्याउन अग्रजहरुको संघर्ष र बलिदानको देन महत्त्वपूर्ण रहेको बताए । 'जीउ ज्यानको मात्र बलिदानी होइन अन्य थुप्रै बलिदानीको योग हो संविधान,' ओलीले भने, 'हामीले कष्टपूर्ण दिन बिताएर र अनेक अवरोध छिचोलेर यो संविधान प्राप्त गरेका हौं । त्यसकारण यसको संरक्षण कार्यन्वयन गर्ने जिम्मा हाम्रै हो ।' 

 

उनले संविधानले बृहत्तर राष्ट्रिय हितलाई समेटेको समेत बताए ।उनले आफू बिहीबार उपचारका लागि सिंगापुर जान लागेको र आफूलाई अहिलेनै केही पनि नहुने बताए। केही मान्छेले यो मरिहालोस् भनेका छन् । तर म अहिले मर्दिनँ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार