• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

नेकपामा खनालको बढुवा, वरिष्ठ नेता नेपालको तेस्रो वरियता खोसियो

काठमाडौं । सत्तारुढ नेपाल  कम्युनिस्ट पार्टी (नेकपा) को वरीयतामा वरिष्ठ नेता माधवकुमार नेपालभन्दा अर्का वरिष्ठ नेता झलनाथ खनाल अगाडि भएका छन् । 

 

आइतबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको सचिवालय बैठकले झलनाथ खनाललाई तेस्रो वरियतामा राख्ने निर्णय गरेको हो । नेपाल अब चौथो नम्बरमा पुगेका छन् ।

 

एमाले र माओवादीबीच एकता हुँदा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डपछि तेस्रो वरियतामा नेता नेपाललाई राखिएको थियो । नेता खनालले त्यसमा असहमति जनाउँदै आफू तेस्रो वरियतामा हुनुपर्ने माग गरेका थिए । झण्डै डेढ वर्षपछि खनालको असन्तुष्टिको सुनुवाई आज भयो । 

 

बैठकमा नेता खनालको दावी आएपछि नेता नेपालले पनि तत्कालिन एमालेकै अनुसार पार्टीलाई अगाडि बढाउने भए तत्कालीन उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावललाई सचिवालयमा ल्याउनुपर्ने प्रसंग जोडेका थिए । 

 

तर उनको उक्त प्रस्तावमा आज छलफल नै भएन। सचिवालयले आफ्नो प्रस्तावलाई बेवास्ता गरेपछि नेपालले जनवर्गीय संगठनको इन्चार्ज र सहइन्चार्ज नियुक्त गर्ने निर्णयमा पनि नोट अफ डिसेन्ट लेखेको स्रोतले जानकारी दियो। 

 

आजको बैठकमा नेता नेपालले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई पनि विधान अनुसार एक व्यक्ति एक पदको पालना गर्न आग्रह गरेका थिए। 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार