• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
खेलकुद

आर्सनलको कठिन जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा घरेलु टोली आर्सनलले बर्नलीमाथि २–१ कठिन जित निकालेको छ । आर्सनलको जितमा अलेक्सान्द्रे लाकाजेटी र पिएरे अबामेयाङले एक एक गोल गरे ।

 

१३औं मिनेटमा लाकाजेटीले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ४३औं मिनेटमा एश्ले बार्नेसले गोल गर्दै पहिलो हाफअघि बर्नलेलाई खेलमा फर्काए । ६४औं मिनेटमा अबामेयाङ्ले ड्यानी सेबालोसको पासमा गोल गर्दै आर्सनललाई फेरी अग्रता दिलाए ।त्यसपछि थप गोल निस्कन नसक्दा आर्सनल २–१ ले विजयी रहन सफल भयो ।

 

आर्सनलको नयाँ सिजनमा  यो लगातार दोस्रो जित हो पहिलो खेलमा आर्सनलले न्यु क्यासलमाथि १–० को जित निकालेको थियो । लगातार दोस्रो जितसँगै आर्सनलले ६ अंक जोडेको छ । बर्नलीको दुई खेलबट ३ अंक छ । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार