तीन घन्टापछि सन्दीपलाई दियो अमेरिकी दूतावासले भिसा
काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । शुरुमा भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावासले ३ घण्टा पछि बोलाएर भिसा दिएको छ ।
अमेरिकी प्रवेशाज्ञा लिन खोजेका लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको खबर सन्दीपले ट्वीट पनि गरेका थिए ।
क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०१९ खेल्न अमेरिका जानका लागि सन्दिप (आजै) काठमाडौंस्थित अमेरिकी दूतावास गए पनि अधिकारीहरुले उनलाई भिसा दिन अस्वीकार गरेका थिए ।
क्रिकेटर लामिछाने लिगमा जानुअघि अमेरिका पुग्न चाहेका हुन ।
नेपाली टिमका व्यवस्थापक रमन शिवाकोटीका अनुसार पछिल्लोपटक सामान्य प्रक्रियापछि अमेरिकी दूतावासले भिसा दिइएको हो ।
सन्दीप सेप्टेम्बर पहिलो साता वेस्ट इन्डिज पुग्ने कार्यक्रम छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस