• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
बिश्व

डोनल्ड ट्रम्पद्वारा पूर्वराष्ट्रपति बराक ओबामाले गरेको इरान परमाणु सम्झौता भङ्ग

पूर्वराष्ट्रपति बराक ओबामाको अनादर गर्न अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग गरिएको परमाणु सम्झौता भङ्ग गरेको टिप्पणी ब्रिटिश कूटनीतिज्ञले गरेको सार्वजनिक भएको छ।

अमेरिकाका लागि ब्रिटेनका राजदूत सर किम डारकले ट्रम्पको उक्त कदमलाई  कूटनीतिक बर्बरताूका रूपमा व्याख्या गरेको द मेल पत्रिकाले आइतवार लेखेको छ।

विवाद उत्पन्न भएपछि डारकले केही दिनअघि राजीनामा दिएका थिए।

 

उक्त पत्रिकाका अनुसार तत्कालीन ब्रिटिश विदेशमन्त्री बोरिस जन्सनले सन् २०१८ मा अमेरिकालाई परमाणु सम्झौतामा अडिग रहिरहन आग्रह गरेपछि डारकले त्यस्तो टिप्पणी लेखेर पठाएको बताइएको छ।
उक्त सम्झौतामा इरानलाई संवेदनशील परमाणु गतिविधि सीमित पार्न सहमत गराइएको थियो।

 

इरानलाई कमजोर बनाइरहेको आर्थिक प्रतिबन्धहरू फुकुवा गर्ने सर्तमा सम्झौतामा अन्तर्राष्ट्रिय अनुगमनकर्ताहरूलाई प्रवेश दिने पनि उल्लेख थियो।
यद्यपि राष्ट्रपति ट्रम्पले सम्झौताले काम नगरेको निष्कर्ष निकालेका थिए।

पत्रिकाले के लेख्यो


उक्त पत्रिकाले लेखेको छ : जन्सन अमेरिकाबाट ब्रिटेन फर्किएपछि सर किम डारकले आफ्नो सरकारलाई ट्रम्पले उक्त सम्झौता भङ्ग गर्ने देखिएको लेखेका थिए। आफ्ना पूर्ववर्ती बराक ओबामाले गरेको सम्झौता भएकाले व्यक्तिगत कारणहरूु ले गर्दा उनले त्यसो गर्न चाहेको डारकले लेखेका थिए।

 

ब्रिटिश राजदूतले अमेरिकी राष्ट्रपतिका सल्लाहकारहरूबीच मतभेद रहेको उल्लेख गर्दै सम्झौताबाट अलग्गिएपछि के गर्ने भन्नेबारे ह्वाइट हाउससँग दैनिक कार्यतालिकाु नभएको बताएका थिए।
डारकले उक्त टिप्पणी मन्त्री जन्सनलाई पठाएको पत्रिकाको भनाइ छ।

त्यसमा भनिएको छ, परिणामले ह्वाइट हाउसमा रहेको दोधार देखाउँछ।यथार्थमा उक्त प्रशासन कूटनीतिक बर्बरता गर्न उद्यत छ। विचार र व्यक्तित्वका कारण त्यो ओबामाको सम्झौता भएकाले।

त्यसमाथि उनीहरू अर्को दिनका लागिु कुनै रणनीतिको समीक्षा गर्न सक्दैनन्। आजै बिहानै विदेश मन्त्रालयका सम्पर्कसूत्रहरूसँग बुझ्दा उनीहरूले युरोप होस् वा त्यस क्षेत्रमै आफ्ना साझेदारहरूसम्म पुग्न कुनै योजना नरहेको बताए।

चेतावनी


सुरक्षानिकायले चुहिएका कूटनीतिक विवरणहरू नछाप्न सञ्चारमाध्यमलाई सजग गराएपछि यो विवरण सार्वजनिक भएको हो।

 

स्कटल्यान्ड यार्डले पत्रकारहरूलाई सचेत गराउँदै पूर्वराजदूतका कुराकानीबारे थप विवरण सार्वजनिक गर्नेले गोप्यतासम्बन्धी कानुन मिचेको ठहरिन सक्ने चेतावनी दिएको थियो।
ट्रम्पको प्रशासनलाई डारकले अक्षम, असुरक्षित र अयोग्यु भनेका इमेलहरू एक साताअघि सार्वजनिक भएका थिए।

डारकले ह्वाइट हाउस ट्रम्पको नेतृत्वमा बेकामेु र विभाजितु भएको बताएका छन्।

 

गोप्य इमेल सार्वजनिक भएपछि ट्रम्पले आक्रामक प्रतिक्रिया जनाउँदै राजदूतसँग आफूहरूले व्यवहार नगर्ने बताएका थिए।

उनले आफूहरू ती मान्छेको ठूलो प्रशंसक नभएको र उनले यूकेको पनि राम्ररी सेवा नगरेकोू भनी टिप्पणी गरेका थिए।

ट्रम्प प्रशासन अक्षम र अप्ठ्यारो भएको भन्दै डारकले लेखेको इमेल सार्वजनिक भएपछि ट्रम्पले ब्रिटेनका राजदूतलाई एकदमै मूर्ख व्यक्तिको सङ्ज्ञा दिएका थिए।

 

ब्रिटिश सरकारले भने आफ्ना राजदूतका टिप्पणी सहितका कैयौँ सन्देश चुहिएको विषयमा औपचारिक छानबिन गर्ने घोषणा गरेको छ।

तर आफूले सबैखाले अडकालबाजी रोक्न चाहेको बताउँदै इमेल सार्वजनिक भएपछि राजदूतको रूपमा काम गर्न असम्भवू भएको उल्लेख गर्दै डारकले पदबाट राजीनामा दिएका थिए।


सञ्चारमाध्यमको प्रतिरक्षा

 

त्यसलगत्तै स्कटल्यान्ड यार्डले एउटा आपराधिक अनुसन्धान सुरु गरेर इमेल कसरी चुहियो भनेर पत्ता लगाइने बताएको थियो।

यार्डका सहायक आयुक्त निल बसुले त्यस प्रकरणका दोषीलाई कारबाहीको दायरामा ल्याउनु स्पष्ट जनहितमा रहेकोु बताएका थिए।

 

तर सम्पादक एवं राजनीतिज्ञहरूले थप विवरण प्रकाशनका विषयमा उनले दिएको चेतावनीको आलोचना गरेका छन्।

त्यसरी आलोचना गर्नेमा भावी प्रधानमन्त्रीको प्रतिस्पर्धामा रहेका कन्जर्भेटिभ पार्टीका दुई नेताहरू पनि छन्।

विदेशमन्त्री जेरेमी हन्टले प्रेस अधिकारको बचाउ गर्दै यदि उनीहरूले त्यो जनचासोमा रहेको निष्कर्ष निकालेमाू त्यो प्रकाशन गर्ने अधिकार रहेको बताएका छन्।बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार