• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
खेलकुद

बिश्वकप क्रिकेट : न्यूजिल्याण्ड र इङ्ल्याण्ड पहिलो उपाधि भिडन्तमा

एजेन्सी । विश्वकप क्रिकेटको फाइनलमा आज न्यूजिल्याण्ड र इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । राजधानी लण्डनस्थित लर्ड्स मैदानमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे यो खेल सुरु हुनेछ ।सेमिफाइनलमा दावेदार भारतलाई हराउँदै फाईनल प्रवेश गरेको न्यूजिल्याण्ड यसपटक विश्व क्रिकेटमा नयाँ इतिहास रच्न आतुर देखिन्छ ।

 

त्यस्तै साविक विजेता अस्ट्रेलियालाई हराउँदैफाइनलमा स्थान बनाएको इङ्ल्याण्डका लागि पनि आजको खेल नयाँ इतिहास रच्ने अवसर बनेको छ ।

 

न्युजिल्याण्डले फाईनलसम्मको यात्रा तय गरेपनि ओपनिङ जोडीले खासै ठुलो योगदान गरेको देखिदैन । कालिन मुनरो र मार्टिन गुप्टिल दुवै अनुभवी ब्याट्सम्यान हुन् । सोही कारण निर्णायक खेलमा दुवै खेलाडीले रन बनाउन आवश्यक देखिन्छ ।

 

यस्तो अवस्थमा केन विलियम्स र रास टेलरमा कम दबाब पर्नेछ । बलिङ र फिल्डिङमा न्युजिल्याण्डलाई कुनै समस्या छैन । फाईनल खेलमा मिसेल सेन्टनरको बलिङको समेत परिक्षा हुनेछ ।

 

यता सेमिफाईनलको खेलमा ईङ्ल्याण्डले अष्ट्रेलियालाई हराएको थियो । जासन रोय चोटको बाबजुत टिममा शानदार कमब्याक गर्न सफल रहे । उपाधि भिडन्तमा आयोजक इङ्ल्याण्डलाई बढी दावेदार मानिएको छ । किनकी उसँग घरेलु मैदान र समर्थकको साथ छ । 

 

तर न्यूजिल्याण्ड पनि यस्तै मौसममा क्रिकेट खेल्न अभ्यस्त देखिन्छ । आजको खेल जसले जिते पनि विश्व क्रिकेटले नयाँ च्याम्पियन पाउने निश्चित छ । दुबै टोली एकदिवसीय विश्वकपमा पहिलो उपाधिको खोजीमा छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार