एसईईमा नायिका करिश्माको ‘बी प्लस’
काठमाडौं । यस वर्षको एसईई परिक्षामा नायिका करिश्मा मानन्धरले ‘‘बी प्लस’ ल्याएकी छिन् । उनले जीपीए ३ प्राप्त गरेकी छिन् ।
एसईई परिक्षाको नतिज सँगै उनले आफूले व्यवस्थापन बिषय लिएर प्लस टु पढ्ने प्रतिक्रिया दिएकी छिन् । करिश्मा भन्छिन्, यो रिजल्टबाट म एकदमै खुशी छु ।
सोसल र पपुलेशन बिषयमा केही शंका लागेको भएता पनि नतिजा राम्रौ आएकोमा उनी अझै बढी खुशी भएको कुरा बताउछिन् । उनले भनिन्–‘मैले ढिलो पुगेर सोसलमा २ वटा प्रश्नको जवाफ दिन पाइन त्यसैले डर लागेको थियो फेरी मैले सुरुमा अप्सनल म्याथ लिएर पढेकी थिएँ । तर, पछि छाडेर पपुलेशन पढेकी थिए।’
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस