• शनिबार ११-१२-२०८०/Saturday 02-24-2024
शिक्षा

यस वर्षको एसइई परीक्षा चैत १५ देखि

काठमाडौं । माध्यमिक शिक्षा (एसईई)  परीक्षा आगामी चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ।आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा सो मितिमा गर्ने निर्णय गरेको हो। 


बोर्डको वार्षिक कार्यतालिका अनुसार चैतको पहिलो साताबाट परीक्षा गर्न भन्ने थियो । तर, होली पर्वका कारण परीक्षा मिति सरेको हो । 


 
यो वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् ।  तीमध्ये २ लाख ४६ हजार चार छात्र र २ लाख ४३ हजार ४४० छात्राले रजिष्ट्रेसन फाराम भरेका छन् ।


 
यो वर्षको परीक्षामा प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार