• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
खेलकुद

पाराग्वेसँग अर्जेन्टिना बराबरीमा रोकियो

एजेन्सी । कोपा अमेरिकी फुटबलमा अर्जेन्टिनाले बराबरी खेलेको छ । आज बिहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेसंग १–१ गोलको बराबरी खेलेको हो ।

 

इस्टेडियो गोभर्नेडोेरमा भएको खेलमा अर्जेन्टिनाले पाराग्वेसँग १–१ गोलको बराबरी खेलेको हो । पहिलो हाफमा १–० ले पछि परेको अर्जेन्टिनाले दोस्रो हाफमा एक गोल फर्कायो । खेलको ३७ औँ मिनेटमा रिचर्ड सान्चेले गोल गर्दै पाराग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए ।

 

यता खेलको ५७ औँ मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई बराबरीमा ल्याएको थियो । ६३ औ मिनेटमा पाराग्वेले खेलमा पुन अग्रता लिने अवसर गुमायो । डर्लिस गोन्जालेजको पेनाल्टी प्रहारलाई अर्जेन्टिनी गोलकिपरले असफल पारे ।

 

बराबरीसँगै अर्जेन्टिनाको अघिल्लो चरण प्रवेश सम्भावना न्युन भएको छ । दुई खेलबाट १ अंक जोडेको अर्जेन्टिना समूह बी को चौथो स्थानमा छ भने  कोलोम्बिया २ खेलमा ६ अंक जोड्दै शीर्षस्थानमा छ  ।  पाराग्वे २ खेलमा २ अंकसहित दोस्रो र कतार २ खेलमा १ अंकसहित तेस्रो स्थानमा छ ।

 

गएराति भएको खेलमा कोलम्बियाले कतारलाई १–० ले पराजित गरेको थियो । अब अर्जेन्टिनाले समूहको अन्तिम खेलमा कतारलाई पराजित गरेमात्र क्वाटरफाइनलमा प्रवेश गर्ने सम्भावना कायम रहनेछ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार