• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
खेलकुद

विश्वकप क्रिकेट : आज भारत र पाकिस्तानको भिडन्त

एजेन्सी । विश्वकप क्रिकेटमा आज (आइतबार) एक खेल हुँदैछ । इंग्ल्याण्डको म्यानचेस्टरमा हुने  खेलमा उपाधि दाबेदार राष्ट्र भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ। आजको खेलमा दुई ठूला प्रतिद्वन्द्वी  मैदान उत्रदै छन् ।

 

दुबै टोलीबीचको खेल प्रतिष्ठको जितको रुपमा पनि हेरिएको छ । त्यसैले पनि आज दुबै टोलीको लागी यो चुनौतीको खेल हुनेछ । यस अघिको तीन खेलमा २ जित र एक खेलमा अंक बाँडेको भारतको ५ अंक रहेको छ  भने , ४ खेलमा १ जित, २ हार र १ बराबरी खेलेको पाकिस्तानले ३ अंक बनाएको छ ।

 

भारत र पाकिस्तानका बीच अहिलेसम्म १३१ एक दिवसीय क्रिकेट खेल भएका छन् । जसमा पाकिस्तानले ७३ म्याच जित्दा भारतले ५४ म्याचमा मात्रै जितको छ । सन् २०१७ मा भएको आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाई हराएर उपाधि जितेको थियो । तर, त्यसपछिको दुई भेटमा भने पाकिस्तान भारतसंग पराजित भएको छ ।

 

भारतीय टिम विराट कोहलीको कप्तानीमा खेल्दा पाकिस्तानी टिम सर्फराज अहमदले कप्तानी गर्नेछन्। आज भारतका भरपर्दा ओपनर व्याट्सम्यान शिखर धवन नहुनाले भारतीय टोलीलाई केही हदसम्म घाटा भने पक्कै हुनेछ।  

 

आजको खेलमा दुबै टोलीलाई वर्षाको भने डर हुनेछ ।  वर्षाले गर्दा पछिल्लो समय केही खेलहरु हुन सकेका छैनन् ।  यदी वर्षाले साथ दियो भने यी दुई देशबिचको खेल एकदमै रोमाञ्चक हुनेछ । 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार