• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
खेलकुद

प्रधानमन्त्री कप : कर्णाली प्रदेशलाई ९४ रनले पराजित गर्दै पुलिस विजयी

काठमाडौं । तेस्रो संस्करणको प्रधानमन्त्री एकदिवसिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।

 

मुलपानी क्रिकेट मैदानमा आइतबार भएको चौथो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ९४ रनले पराजित गरेको हो । पुलिसको जितमा दिलिप नाथ र कुशल भुर्तेलले अर्धशतक बनाए । उत्कृष्ट साझेदारी गरेका दिलिपले ७२ रन बनाउँदा कुशलले ६२ रनको योगदान दिएका थिए । दिलिपले ८४ बलमा ५ चौका र १ छक्का प्रहार गरे । ७७ बल खेलेका कुशलले ६ चौका र १ छक्का प्रहार गरेका थिए ।

 

यता कर्णालीका लागि ओपनर शुसान्त थापाले ३० बलमा ५ चौका सहित सर्वाधिक २९ रनको योगदान दिए । त्यस्तै महेश खत्री १७ र दिनेश अधिकारीले १६ रन जोड्न बाहेक कर्णालीका अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । कर्णाली प्रदेशका सुदन पोखरेलले ५ विकेट लिएपनि टोलीलाई जित दिलाउन भने सकेनन् । 

 

दिवन पुनले २ विकट लिँदा रविन्द्र शाही र दिनेश अधिकारीले १–१ विकेट लिएका थिए । १ सय ८६ रनको लक्ष्य पच्छ्याएको कर्णाली प्रदेश २७ ओभरमा ९१ रनमा अलआउट भएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार