• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
बिश्व

हारको शतप्रतिशत जिम्मेवारी लिँदै राहुलले दिए मोदीलाई बधाई

काठमाडौं । भारतको विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले लोकसभा चुनावमा आफ्नो पार्टीको हार स्वीकारेका छन्।

 

बिहीबार साँझ नयाँदिल्लीमा पत्रकार सम्मेलन गर्दै गान्धीले आफ्ना कार्यकर्तालाई चुनावी हारबाट डराउनु पर्ने स्थिति नभएको बताएका छन् । उनले  भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्।

 

‘मोदीजी र भाजपाको विचारले जितेको छ,’ राहुलले भने ,‘म मोदीजी र भाजपालाई बधाई दिन्छु।’ भारतीय जनताको जित भएको छ । अब नरेन्द्र मोदी भारतका प्रधानमन्त्री बन्‍नेछन् ।

 

राहुलले अमेठीको आफनो  प्रतिद्वन्द्वी स्मृति इरानीलाई पनि जीतको बधाई दिएका छन् । उनले भनेका छन् कि, 'म स्मृति इरानीलाई भन्‍न चाहन्छु  कि अमेठीलाई एकदमै ख्याल गर्नु होला ।'

 

उनले कांग्रेस कार्यकर्तालाई आफनो हौसला नछोडी  नडरराई  आफ्नो अभियानमा लाग्न आग्रह गरेका छन् । एजेन्सी 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार