• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
राजनीति

दोषीलाई कडा कारवाही गरियोस् : पुष्पा भुषाल

काठमाडौं । प्रतिनिधिसभाका सांसदले पाँचथरमा सोमबार राति भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गरिएको छ ।

 

प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसद पुष्पा भुषालले सो घटनामा हत्या भएका निर्दोष नागरिक प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घटनाका सम्बन्धमा छानबिन गरी दोषीलाई कानूनी कठघरामा ल्याउन सरकारको ध्यानाकर्षण गराइन ।

 

उनले घटनामा बाँच्न सफल भएकी बालिकाको उचित उपचारको प्रबन्ध गर्न पनि आग्रह गरिन । पाँचथरमा सोमबार राति भएको सो घटनामा अपरिचित समूहले दुई परिवारका नौ जनाको हत्या गरेको थियो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार