• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
खेलकुद

एसीसी यु–१६ क्रिकेट टोली घोषणा 

काठमाडौं । थाइल्यान्डमा हुने एसीसी यू १६ इस्टन रिजन २०१९ को लागि नेपालले १४ सदस्यीय क्रिकेट टोलीको घोषणा गरिएको छ ।

 

वैशाख ७ देखि १५ गतेसम्म हुने उक्त प्रतियोगिताको लागि विशाल विक्रम केसीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिएको हो । टोलीमा अन्य चार वैकल्पिक खेलाडीसमेत चयन भएका छन् ।

 

कप्तान विशालसँगै आसिस भट्राई, प्रशान्त महत, आर्जु कुमाल, दीपक बोहरा, सुवास ऐर, निखिल कुमार सिहं, विशाल कुमार पटेल, कृश कार्की, तिलक राज भट्राई, रोहन विक, प्रशान्त सिहं र सुशान्त थापा टोलीमा छन् । 

 

त्यस्तै वैकल्पिक खेलाडीमा अभिषेक गौतम, पर्शुराम यादव, अरबाज अन्सारी र विवेक दर्शाई छन् । नेपालले आफ्नो पहिलो खेल यही वैशाख ७ गते म्यानमारसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । 

 

समूह ‘ए’ मा रहेको नेपालको समूहमा आयोजक थाइल्याण्ड र मलेसिया  छन् । त्यस्तै समूह  ‘बी’ मा हङकङ, सिङ्गापुर, भुटान र चीन रहेका छन् ।  वसन्त शाहीको प्रशिक्षणमा रहेको नेपाली यू(१६ टोली बिहीबार थाइल्यान्ड जानेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार