• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
बिश्व

ट्रम्प र बेन्जामिनबीच भेटवार्ता

वासिङटन । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वासिङ्टनमा सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । सो भेटवार्ताको क्रममा गोलान हाइटस्मा रहेको यहुदीहरूको सार्वभौमिकतालाई अमेरिकी राष्ट्रपति ट्रम्पले औपचारिक रुपमा स्वीकार गर्ने अनुमान गरिएको छ ।

 

सिरियाले १९६७ मा छ दिनको युद्ध गरी आफ्नो कब्जामा लिएको गोलान हाइट्स लामो समयदेखि नै अन्तर्राष्ट्रिय चासोको विषय बनेको थियो । अमेरिकाले इजरायलको सार्वभौमिता स्वीकार गर्ने अनुमान गरिएको छ । आगामी अप्रिल ९ मा इजरायलमा हुन गइरहेको निर्वाचनलाई आभार प्रकट गर्नु नै राष्ट्रपति ट्रम्प एक पाइला अगाडि बढ्नु भएको इजरायली विदेश मन्त्रीले बताएका छन् ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङगलबार  इजरायलको प्रधानमन्त्री नेतान्याहुको उपस्थितिमा गोलान हाइट्समा इजरायलको सार्वभौमिकताको विषयमा हस्ताक्षर गर्ने बताइएको छ । गोलान हाइट्समा इजरायलीको साभौमिकता स्विकारको लागि लामो समयदेखि नेतान्याहु राष्ट्रपतिको ट्रम्पलाई पछ्याइरहेका थिए ।

 

इजरायली प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीच तर्कसङगत छलफल सोमबार हुने र मङ्गलबार दुई नेताले सँगै खाना खाने कार्यक्रम रहेको छ । एएफपी
 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार