• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
खेलकुद

सन्दीप आबद्ध टिम दिल्ली क्यापिटल्स ३७ रनले विजयी

एजेन्सी । इन्डियन प्रिमियर लिग ९आईपीएल० मा नेपाली लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको छ । तेस्रो खेलमा दिल्ली क्यापिटल्सले मुम्बई ईन्डियन्सलाई ३७ रनले हराएको छ । दिल्लीले ६ विकेटको क्षतिमा २१३ रन जोडेको थियो । 

 

दिल्लीले ६ विकेटको क्षतिमा २१३ रन जोडेको थियो । २१४ रनको लक्ष्य पछ्याएको मुम्बईले १९.२ ओभरमा ९ विकेट गुमाउँदै १७६ रनमात्र बनाउन सक्यो । मुम्बईका लागि युवराज सिंहले ३५ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन बनाए ।  त्यस्तै  क्रुनाण पान्ड्या १५ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३२, कप्तान रोहित शर्मा १४, क्विन्टन डी कक २७, किरण पोलार्ड २१ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

 

दिल्लीका लागि कागिसो रबाडा र ईशान्त शर्माले समान दुई विकेट लिए । त्यस्तै टे«न्ट बोल्ट,राहुल तवतिया,अक्षर पटेल र किमो पलले समान एक एक विकेट हात पारे ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार