• बिहीबार १-२०-२०८१/Thursday 05-02-2024
मनोरञ्जन

पगडी लगाउनु चानचुने कुरा होइन : अक्षय कुमार

मुम्बई । हिजो शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘केसरी’ को प्रचारको क्रममा  नायक अक्षय कुमारले देशका सबै बिरहरूलाई आफ्नो तर्फबाट सम्झिए र उनीहरको सम्मान गरिरहने विचार ब्यक्त गरे । यसै प्रसंगमा बलिउडका खेलाडी अक्षय कुमारले फिल्म केसरीको बारेमा केही सत्यतथ्य कुराहरु पनि बताउन भ्याए :

 

पगडी लगाएर काम गर्न कत्तिको गार्हो भयो ?
मैले लगाएको पगडी लगभग १ देखि डेढ किलोको थियो र यो लगाउन ३० देखि ४० मिनेट लग्थ्यो । पगडी लगउने भन्ने कुरा चानचुने कुरा होइन । फेरी यो  सारै भारी हुने रहेछ । यो नाफुस्कियोस् भनेर टाउकोमा कसेर लगाइन्छ । यो लगाएर  उफ्रिन र अरु दृश्यहरु गर्न एकदम गाह्रो महसुस भयो र तरबारबाजी गर्न त झन् कुरै नगरु कति गाह्रो भयो भनेर । पगडी लगाएपछि आफु भित्र केही न केही भएको महसुश हुन्थ्यो । यो लगाउन साथ आफु धेरै जिम्मेबार भएको महसुस हुन्थ्यो । यो पगडी यती कसेर बाधिएको हुन्थ्यो कि हाम्रो सबै ध्यान एउटै चिजमा हुन्थ्यो र अरु केहीमा ध्यान जादैनथ्यो । यो आफै हुन्थ्यो या सायद यसमा कुनै न कुनै बैज्ञानिक कारण थियो, त्यो मलाई थाहा थिएन तर  मेरुदण्ड सिधा भने हुन्थ्यो । पगडीको  माथि मैले एउटा फलामको कडा पनि लगाएको थिए, जुन हत्तियारको रुपमा  प्रयोग गर्न सकिन्थ्यो । मेरो लागी यस्तो बस्त्र लगाएर अभिनय गरेको  अहिलेसम्म कै धेरै कठिन भुमिका थियो ।

 

तपाईलाई सबै वर्गका दर्शकहरुले मन पराउँछन्, तपाइलाई लाग्दैन  यी कुराले उनीहरुको  मन दुख्ने हो कि ?
म प्रायः सबै किसिमका चलचित्रमा अभिनय गरेको छु चाहे त्यो एक्सन, कमेडी  या देशको लडाईको बिषयमा होस् । म त्यस्तो काम गर्दै गर्दिन जसले गर्दा मेरा दर्शकहरुको मन दुखोस् ।  सुरु सुरुमा जब म यो क्षेत्रमा  नयाँ थिए त्यतीबेला म गलत थिए होला किनकि म सधै एक्सन चलचित्रमा मात्र अभिनय गर्न रुचाउँथे तर पछि मलाई यो महशुस हुन थाल्यो कि  म त एउटै सिमानामा बधिएको रहेछु  । त्यसदिन सोचे र त्यो दिनदेखि फरक खालका भुमिका भएको चलचित्रहरुमा पनि अभिनय गर्न सुरु गरे । 
 

 

‘केसरी’ बाट तपाइले के नयाँ कुरा सिक्नुभयो ?
मैले एक सहिदको मन र उसले के सोच्छ भन्ने कुराहरुको नयाँ ज्ञान पाए ।  सहिद त्यो हुन्छ जो बचनको पक्का हुन्छ र देशको लागि आफ्नो बलि पनि चढाउन तयार हुन्छ । उनीहरुले जीवनलाई आफ्नै तरिकाले हेरिरहेका हुन्छन ।  जब उसलाई गोली लाग्छ सायद उससँग १ या २ मिनेटको समय हुन्छ त्यतीबेला उ धेरै त के नै सोच्छ होला र मैले यो चलचित्र बनाउँदा त्यो सहिदले त्यती बेला के सोच्छ भन्ने कुरा महशुस गर्न पाए ।


 

चलचित्रको बारेमा केहि कुरा भन्न चाहनुहुन्छ ?
अहेले केहि बोल्दिन । यो त एउटा भगवानको कहानी हो जुन आहिले म भित्रै राख्छु । तपाईहरुले चलचित्र हेरेसके पछि मैले के सिके भनेर तपाईहरुले आफै थाहा पाउनुहुन्छ । 
 

 

भारतले हालसालै पुलवामा हमलामा एउटा डरलाग्दो दृश्य देख्यो, यसै सिलसिलामा तपाईको प्ले स्टोरमा रहेको याप  ‘भारत के विर ‘को पनि ठाउँ ठाउँमा चर्चा भएको छ ?
यो याप सफल जनताहरुको सहायताले भएको हो र म उहाँहरुलाई धन्यवाद दिन चाहन्छु । हाम्रो यो यापले गर्दा अहिलेसम्म हामीले २०० सैनिकको घरमा १५ लाख सहयोग रकम पुर्याईसकेका छौ र यसरी सहयोग बापत दिइएको रकम कुनै  गैर सरकारी संगठन वा सरकारबाट लिइएको भने होइन ।
 

 

भविष्यमा अरु केहि गर्ने सोच राख्नुभएको छ ?
अब मैले भारतका वीर तथा आपांग सैनिकहरुको लागि काम गर्ने सोच बनाउको छु । हामी  हाम्रो कुरा सिधै सरकार समक्ष राख्छौं र सन् १९९९ पछि पनि जित्ने सैनिकहरुले आफ्नो विभिन्न अंगहरु गुमाएर अपांग भएका छन् र उनीहरुलाई नि हामी सहयोग गर्छौ ।
 

 

रिजनल फिल्महरु बारे तापाईको बिचार के छ ?
मैले दुई वटा मराठि चलचित्र निर्माण गरेको छु र मलाई मराठी चलचित्रको बिषयबस्तु एकदमै मन पर्छ। यती तपाइलाई देशको मुटुमा गएर बस्ने मन छ भने तपाई अवश्य रिजनल चलचित्रमा पुग्नुभएको हुनुपर्छ। म प्रायः मराठी चलचित्रको कुराहरु धेरै गर्छु किनकि मराठि चलचित्रहरु धेरै राम्रा हुन्छन् । मराठि चलचित्रका बिषयबस्तु र नाटक सार्है राम्रा हुन्छन । मलाई त भोजपुरी ,तेलेगु र तमिल कन्नड फिल्म पनि गर्ने मन छ । तमिल कन्नडमा ‘बिष्णु विजय’ भन्ने चलचित्रमा मैले अभिनय पनि गरेको छु । साभार : वेभ दुनियाँ


  


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार