• बुधबार ८-२५-२०७६/Wednesday 12-11-2019
विचार

नेपालका आइजिपी

पवन तिवारी

नेपालमा बिगतमा भएको सशस्त्र माओवादी बिद्रोहको बेला द्वन्द राजनीतिक थियो । त्यसको असर आम रुपमा नै चौर्तफी परेको कुराको भने समग्र नेपाली नै भुक्तभोगी भए । यसबाट आम नागरिकसंगै सुरक्षा अंग पनि अछुतो रहेन । सुरक्षा निकाय सदरमुकामहरुमा मात्र सिमित भए, उता बिद्रोही पक्ष आधार शिविरमा भएजस्तै । एउटा समय आयो जब उक्त द्वन्दको शान्तिपुर्ण निरुपणको सुरुवात भयो । सहकर्मी गुमाएका प्रहरीहरु पुनः गाउँगाउँमा फर्के र भत्केका, टुटेका अनि भग्नावसेश भइसकेका प्रहरी इकाइहरुमा पुनः जिवन्तता थप्ने प्रयास गरे । र, प्रहरी संगठन पुनः फिजियो नेपालको कुनाकप्चामा । यो हो नेपाल प्रहरीको निकट इतिहास । 

 

एक, यसरी देशै भरी आफ्ना इकाईहरुमार्फत जनतालाई शान्तिसुरक्षा पुर्याउने दायित्व बोकोको नेपाल प्रहरी देशभरीको बिविधतायुक्त समाजसंग परस्पर सहकार्य गर्न सक्यो त ? दुई प्रहरीसंग अरु पक्षले राम्ररी सहकार्य गरे त ? द्वन्द-उपरान्तको समयमा प्रहरी बारे यी दुई प्रश्न गम्भीर छ । यसमा नेपाल प्रहरीको पक्षमा निकै परिवर्तन भएका छन्, जुन कसैको सापेक्षमा अदृश्य हुन सक्छन्, तर प्रभावकारी छन् । 

 

नेपाल प्रहरीको इतिहासमा महानिरीक्षक (आईजीपी) मा सर्वेन्द्र खनालको आगमन यस कडीमा एउटा ऐतिहासिक घट्ना हो । खनाल नेपाल प्रहरीका २६ औं प्रहरी महानिरीक्षक हुन् । उनलाई विसं २०७४ चैत्र २६ गते बसेको नेपालको मन्त्री परिषदको बैठकको निर्णयले प्रहरी नायव महानिरीक्षकबाट प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको थियो । विसं २०७४ चैत्र २८ गते तत्कालीन प्रहरी महानिरिक्षक प्रकाश अर्यालले अवकास प्राप्त गरेपछि २९ गतेबाट सर्वेन्द्र खनालले कार्यभार सम्हालेका थिए । यस सधारण घट्नाले. एउटा असाधारण रुपान्तरण गरेको छ । 

 

प्रहरी प्रधान कार्यालय इतिहासमै अहिलेसम्मको सबभन्दा बढी जनमैत्री भएको छ । त्यसहा वीरगन्ज र जनकपुरका धोतिधारी नेपालीको उतिकै सहज पँहुच छ, जति सुकिलामुकिला सुट लगाएका कोही स्वनामधन्यको छ । त्यहा थारु, दलित र जनजाति भएकै कारण कोही पँहुच पाउनबाट बन्चित छैन । मधेशका परिवेससंग खनाल भिज्ञ छन्, जनजातिको रहनसहन उनले बुझेका छन् । दलितका समस्या बुझेका छन् । आफ्नो बिगतको कार्यक्षेत्रमा खनाल जतिको लोकप्रीय प्रंहरी अधिकृत अरु कोही भेंटिदैन । उनि लोकप्रीय यस कारण छन् कि आफुले सेवा दिएको समाजलाई उनले बुझ्ने प्रयत्न गरे । घुलमिल गरे । र, सबैका भइदिए । संगठन प्रमुखले समाजलाई बुझेपछि त्यहा मातहतका इकाई र अधिकारीहरुलाई परिचालन गर्न राम्रो नतिजा लिन समस्या भएन । 

 

अहिले समुदाय प्रहरी साझेदारीको अवधारणामा बिभिन्न कार्यक्रमहरु हामीले बिभिन्न ठाउँमा देखिरहेकाछौं, यो भनेको संगठन प्रमुखको नीतिले सम्भव भएको छ । द्वन्द-उपरान्तको समय संक्रमणकालीन रुपमा गुज्रियो, अब द्वन्द र संक्रमणकाल उपरान्तको प्रहरी निर्माण्को महत्वपुर्ण चरणमानेपाल प्रहरीलेकुशल नेतृत्व पाएको छ । खनालको कार्यकाल कसैले समान्य मानेको हुनसक्छ कालान्तरमा गएर नेपाल प्रहरीको परिवर्तनकारी अवधीको रुपमा हामीले नै ब्यवाख्या गर्ने छौं । बिगतमा हामीले भोगिआएको कुरा हो कोहि प्रहरीबाट हेपिएको महसुस गर्ने र कोहीबाट प्रहरी हेपिएको जस्तो भान हुनेृ अवस्था थियो । यसमध्ये प्रहरीबाट कोही अनाहकमा हेपिएको महसुस हुने कुराको अन्त्य खनालको कार्यकालमा हामीले दर्ज गर्न गइरहेका छौं । प्रहरीलाई ब्यवसायिक हुन नदिने प्रबितिको अन्तकालागि प्रहरीले मात्र प्रयास गरेर नपुग्ने रहेको छ । यसोहुँदाहुँदै पनि यो दोस्रो अवस्थाको अन्तका लागि पनि उपयुक्त समय यही नै हो । खनाल जस्तो असल नेतृत्व पाएको बेला प्रहरीले यसमा फड्को मार्न सके नेपाल प्रहरी एशियामै उत्कृष्ट हुनेछ । 

 

प्रहरीलाई समाजले असल रुपमा हेर्ने र ब्यवहार गर्ने जिम्मेवारी मिडियाको हो । प्रहरीसंग आपेक्षा जसरी अनेक छन त्यसरी भुमिकाको लागि बातावरण दिने काम पनि हुनुपर्छ । छिमेकी मित्र राष्ट्र भारतमा यसको उद्हारण हेर्न सकिन्छ । ८० को दशक अगाडी बन्ने भारतीय हिन्दी सिनेमामा प्रहरीलाई माफियासंग मिलोमतो गरेको, भ्रष्ट नेताहरुको इशारामा चलेको र बर्दीका आडमा बिभिन्न खाले अबैध गतिबिधिमा संलग्न भएको देखाइन्थ्यो । त्यस्तो छवी निर्माणले गर्दा प्रहरीलाई समाजबाट जोड्ने कुरामा बाधा परिरहेको थियो । 

 

त्यसपछि प्रस्तुति बद्लियो । अनेकौं फिल्ममा प्रहरीको असल चरित्र देखाउने काम भयो । पछि त प्रहरी पात्र नै नायक भएको गँगाजल, शुल, सिंघम, राउडी राठोर, सरफरोस र दबगंजस्ता फिल्महरु आउन थाले । द्वन्दउपरान्तको नेपाल प्रहरी निर्माणका लागि केही दायित्व मिडिया र नागरिक समाजको पनि छ । 

 

अनुसन्धानमा रहेका मुद्दाहरुको सवालमा पुर्वप्रहरी अधिकृतहरुलाई प्रभाव पार्ने असफल प्रयास गर्न लगाउने, मिडियाले त्यसमा साँथ दिने जस्ता घट्नाक्रम हामीले यस विचमा देख्नेमौका पायौं । प्रहरीलाई बिना अवरोध काम गर्न दिने बातावरण बनाउने जिम्मा सरकार र समाजका अरु पक्षहरुको त्यतिकै छ । यसको लागि दृढ राजनीतिक संकल्प आवश्यक छ । र, सृजनात्मक नागरिक सहकार्य । नेपाल प्रहरीको कमाण्डठरको रुपमा समाज बुझेका आइजिपी नेपालले पाएको छ, यसलाई अवसरिको रुपमा सदुउपयोग गर्ने कि चुक्ने ? यो सोच्ने कामसरकार र राजनीतिक बृतको पनि हो । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार