• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
बिश्व

उत्तर कोरियाली नेता र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता अर्को महिना हुने 

काठमाडौं । केही दिन अगाडि चीन भ्रमण सकेका उत्तर केरियाली नेता किम जोङ उनले अर्को महिना अमेरिकी राष्ट्रपतिसँग पनि भेटघाट गर्ने भएका छन् । नेता जोङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता हुने भएको हो । 

 

अमेरिका पुगेका उत्तर कोरियाका एक उच्च अधिकारी किम योङ्ग चोलले ह्वाइटहाउसमा ट्रम्पसँग भेट गरेका छन् । भेटपछि आउँदो फेब्रुअरीको अन्त्यतिर ट्रम्प र किमबीच भियतनाममा वार्ता हुने तयारी भइरहेको बीबीसीले जनाएको छ । 


ट्रम्प र किमबीच गएको जुनमा सिंगापुरमा पहिलो भेट भएको थियो यसलाई ऐतिहासिक भेट मानिएको थियो । त्यसपछि दुई पक्षबिच विभिन्न चरणमा बार्ता र छलफल भइरहेका छन् । 

 

जुनमा भएको भेटमा उत्तर कोरिया परमाणु निशस्त्रीकरणका लागि सहमत भएको थियो । कोरियाली प्रायद्वीपमा दीर्घकालीन शान्तिका लागि काम गर्नेबारे सहमतिमा हस्ताक्षर समेत भएको थियो । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार